गृहपृष्ठ ∕ अन्य ∕ वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह हेल्थ आवाज बिहीबार, २०७९ मंसीर ८ गते, १२:१८ मा प्रकाशित विश्व समुदायमा हन्ता भाइरसकै अर्को एक प्रजाति देखा परेको छ । तान्जानिया र कंगोका पुच्छर नभएका चमेरामा देखा परेको यस भाइरसलाई वैज्ञानिकले ‘किविरा भाइरस’ नाम दिएका छन् । यस भाइरसको सुरुवाती लक्षण फ्लुजस्तै हुने र यसबाट संक्रमित भएपछि यसले शरीरमा रगतको बहाव बढाउने र पछि किड्नीसमेत फेल गराउने कुरा सुरुवाती अध्ययनबाट पत्ता लागेको वैज्ञानिकले जनाएका छन् । यस सम्बन्धी पूर्ण अध्ययन नभएको भएपनि भाइरसले कतिको असर गर्छ भन्ने कुरा भाइरसमै निर्भर हुने वैज्ञानिकहरुले जनाएका छन् । मुसाबाट फैलिएको हन्ता भाइरसले अमेरिकामा संक्रमित तीन जनामा एकको मृत्यु भएको थियो भने त्यस्तै अर्को भाइरसले दुई सय जनामा संक्रमण हुँदा एकको पनि मृत्यु भएको थिएन । बर्लिनकी डा. सब्रिना वेइसको नेतृत्वमा भएको अध्ययनले त्यस किसिमका चमेराले अफ्रिकाका धेरै क्षेत्र ओगटेको जनाएको छ । तर, अध्ययनले ३३४ चमेराको जाँच गर्दा ६ वटामा मात्रै यो भाइरस देखिएको जनाएका छन् । हन्ता भाइरसको अर्को प्रजातिको असरबारे एकिन नै नभएपनि सजग रहन वैज्ञानिकले आग्रह गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वयस्क अवस्थादेखि सक्रिय बन्नुले केही स्वास्थ्य समस्याबाट मृत्यु हुने जोखिम… नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह