२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटु रोग विशेषज्ञ डा. ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण

मुटु रोग विशेषज्ञ डा. ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण


काठमाडौं -वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण भएको छ । शुक्रबार लेखककी आमा राजकुमारी देवी सिंहले एक समारोहका माझ पुस्तकको लोकार्पण गरेकी हुन् ।

कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा आईओएमका पूर्वडिन प्रा.डा. जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए ।

पुस्तक लोकार्पण कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, पूर्वराजदूत प्रा.डा. विश्वम्भर प्याकुरेललगायतले भिडियोमार्फत् शुभाकामना सन्देश दिएका थिए ।

डा. रवीन्द्र समीरले पुस्तकको समीक्षा मन्तब्य दिएका थिए ।

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ । सम्बन्धहरूको गहिराईलाई केलाउनुका साथै व्यक्तिको कर्तव्य, सोच र दायित्य, मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने, सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सिकाउने विशेषता बोकेको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड तथा २४० पृष्ठ छन् ।

पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिनेछ ।

पुस्तक अनलाइन र पुस्तक पसल तथा सुपरस्टोर दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पुस्तक अर्डर गर्न सकिनेछ । समीक्षा पब्लिकेसनले देशभरका पुस्तक पसलमा बिक्री वितरण गर्नेछ ।

यसबाहेक पुस्तक भाटभटेनी सुपरमार्केटका देशभरका आउटलेट र विभिन्न कफी सप तथा क्याफे आउटलेटहरूमा समेत उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाभित्र भने पुस्तक निःशुल्क डेलीभरी गर्ने सुविधा छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ