२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य१० नयाँ मेडिकल प्रविधि जसले ल्याए उपचारमा क्रान्ति

१० नयाँ मेडिकल प्रविधि जसले ल्याए उपचारमा क्रान्ति


विश्वभर नै विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ आविष्कार र प्रगति भएका छन् । औषधि र मेडिकल क्षेत्रमा भएका आश्चर्यजनक आविष्कारले मृत्युको मुखमा धकेलिएका लाखौं मानिसको ज्यान बचेको छ भने अन्य करोडौंको स्वास्थ्यमा सुधार आएको छ । प्रविधिमा विकास भएको एकपछि अर्को फड्कोले चिकित्सा क्षेत्रलाई सहज र सर्वसुलभ बनाइदिएको छ । साथै, धेरै मनिसको मुहारमा खुसी छाएको छ ।

१. स्मार्ट इनहेर्लस
श्वासयन्त्र समेत भनिने इनहेर्लस दमका रोगीका लागि वरदान सावित भएको छ । दमका ९० प्रतिशत बिरामीका लागि यो निकै उपयोगी मानिएको छ । केही समयअघि गरिएको अध्ययनले ९४ प्रतिशत बिरामीले राम्रोसँग इनहेर्लस नराख्ने गरेको देखाएको छ । यही समस्यालाई मनन गर्दै यसै वर्ष ब्लूटुथबाटै सक्रिय हुने स्मार्ट इनहेर्लसको विकास भएको छ । यसअन्र्तगत इनहेलरमा सानो उपकरण जडान गरिन्छ, जसले हरेक डोजको समय र मिति रेकर्ड गर्नुका साथै राम्रोसँग श्वास लिए÷नलिएको देखाउँछ । रेकर्ड गरिएको तथ्यांक बिरामीको स्मार्टफोनमा पठाइन्छ, ताकि उनीहरुले त्यसलाई ट्रयाक गर्ने र आफ्नो अवस्थाबारे जानकारी पाउँछन् ।

२.रोबोटिक सर्जरी
रोबोटीक सर्जरीले पछिल्लो समय शल्यक्रियामा नयाँ क्रान्ति नै ल्याएको छ । यसको प्रयोगले मेडिकल क्षेत्रले एउटा छलाङ मारेको छ । सर्जनहरुले सामान्य ढंगले शल्यक्रिया गर्न असम्भव मानिने वा निकै जटिल मानिने शल्यक्रियालाई रोबोटीक सर्जरीले सम्भव बनाइदिन्छ । यो प्रविधिले शल्यक्रियाको समयमा सर्जनलाई बिरामीको वास्तविक अवस्थाबारे चाहिएको बेला थप सूचना दिन्छ । रोबोटीक सर्जरीले चिकित्सकलाई नै विस्थापित गर्न सक्ने भन्दै केहीले चिन्ता व्यक्त गरे पनि यसले भविष्यमा शल्यक्रियालाई अझै सजिलो बनाउने र सर्जनको काम सशक्त बनाउनेछ ।

३. वायरलेस ब्रेन सेन्सर्स
मेडिकल क्षेत्रमा भएका प्रगतिले वैज्ञानिक तथा चिकित्सकलाई वायोरिर्जबएवल इलेक्ट्रोनिक (स्वभाविक रुपमा विलय हुने इलोक्ट्रेनिक) उत्पन्न गरेर अवाश्यक परेको बेलामा दिमागमा राख्न र काम नलाग्दा फाल्न सक्ने बनाएको छ । यो सबै वायरलेस ब्रेन सेन्र्ससबाट सम्भव भएको हो । यो मेडिकल डिभाइसले दिमागभित्र तापक्रम र प्रेसर मापन गर्न चिकित्सकलाई सहयोग गर्छ । सेन्र्सस सजिलै डिजल्भ (विघटन हुने) हुने भएकोले थप शल्यक्रियाको आवश्यकता घटाइदिन्छन् ।

३. डी प्रिन्टिङ
थ्री डी– प्रिन्ट्र्स वर्तमान समयमा चिकित्सा क्षेत्रमा निकै प्रभावकारी प्रविधि बनेको छ । शल्यक्रियाको क्रममा इम्प्लान्ट र जोइन्ट सिर्जना गर्न यी प्रिन्ट्र्स प्रयोग गर्न सकिन्छ । निश्चित आकारमा अर्डर अनुसार बनाइने वा मोडोफाई गरिने भएकोले थ्री डी प्रिन्टेड निकै लोकप्रिय छ । डिजिटल माध्यमबाट व्यक्तिको मापनलाई मिलिमिटरसम्म झार्न सकिन्छ, जसका कारण चिकित्सकलाई रोग उपचार गर्न अभूतपूर्व सहज हुन्छ । मल्टिपल ड्रग्स भएको पिल्सलाई प्रिन्ट गर्न थ्री डी प्रिन्टिङ प्रयोग गर्न सकिन्छ र एकभन्दा बढी औषधि अनुगमन गर्न सजिलो हुन्छ । । प्रविधि र औषधिलाई सँगसँगै मिलाउने वास्तविक उदाहरण हो थ्री डी प्रिन्टिङ ।

५.आर्टिफिसियल अर्गान
आगोले जलेका बिरामीको सुख्खा छालामा छालाका नयाँ कोष पैदा गरेर बिरामीको छालालाई जस्ताको तस्तै बनाउदा चिकित्सा क्षेत्रमा अभूतपूर्व उपलब्धि मानिएको थियो । यसले अरु थप उत्साहप्रद सम्भावनाको ढोका खोलिदिएको थियो । त्यसबाट एक कदम अगाडि बढेर वैज्ञानिकहरुले रक्त नली, कृत्रिम अण्डासय र पाचक ग्रन्थी बनाउन सफल भएका छन् । यी कृत्रिम अंगलाई बिरामीको ड्यामेज भएको अंगको स्थानमा राख्न वैज्ञानिक सफल भएका छन् । शरीरको रोग प्रतिरोध प्रणालीले स्वीकारेपछि कृत्रिम अंगहरुको उपलब्धता क्रान्तिकारी मात्र होइन्, यसले बाँच्नका लागि प्रत्यारोपणमा निर्भर हुने लाखौं बिरामीलाई बचाएको छ ।

६ हेल्थ वेयरएबल
सन् २००० मा ब्लूटुथको सुरुवातसँगै लगाउने उपकरणको माग पनि बढेको थियो । अहिले मानिसहरुले आफ्नो फोन हरेक कुरा पत्ता लगाउन प्रयोग गर्छन् । मानिसहरुको गतिविधि तथा चाल, शारीरिक फिटनेस, मुटुको धड्कनदेखि उनीहरुको सुत्ने शैली पत्ता लगाउन फोन प्रयोग गर्छन् । डायबिटिज र मुटुजन्यरोग रोग बढिरहेको अवस्थामा यी पहिरनयोग्य प्रविधिको वृद्धिले बिरामीलाई सहज बनाएको छ । सन् २०१९ को सुरुमा एप्पलले एप्पल सेरिज फोर वाच निर्माण गरेको थियो, जसले सो लगाउने व्यक्तिको मुटुको चाल अनुगमन गर्न सक्थ्यो । जीवन बचाउने यस प्रविधिले मुटुको सम्भावित जोखिमबारे पत्ता लगाउँछ । सन् २०२४ सम्ममा वेयरवेलको बजार ६७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

७. प्रिसिजन मेडिसिन
मेडिकल प्रविधिको विकाससँगै प्रविधिलाई पनि बिरामीको अवस्थाअनुसार मोडिफाई गर्न थालिएको छ । प्रिसिजन मेडिसिनले क्यान्सरजस्ता रोगमा बिरामीको वंशानुगत अवस्थाको पहिचान गरी चिकित्सकलाई औषधि तथा थेरापी छनोट गरेर उपचारमा सहयोग गर्छ । बिरामीको विशेष जीन तथा प्रोटिनमा रहेको ट्युमरलाई आक्रमण गर्ने भएकोले पर्सनलाइज मेडिसिन अन्य प्रकारको उपचारभन्दा बढी प्रभावकारी हुन्छ । यस प्रक्रियाले व्यक्तिको जीन नै परिवर्तन गरिदिन्छ । रोगीको कमजोर जीनलाई नष्ट गर्न प्रिसिजन मेडिसिन वाथ उपचारमा पनि प्रभावकारी हुन्छ ।

८. टेलीहेल्थ
प्रविधियुक्त वर्तमान संसारमा विश्वका करिब ६० प्रतिशत ग्राहक प्रविधियुक्त स्वास्थ्य सेवा लिन चाहन्छन् । टेलीहेल्थमा बिरामीलाई लामो समय लाइनमा कुरेर चिकित्सकसँग प्रत्यक्ष भेट्नुको सट्टा टाढाबाटै डिजिटल उपकरणद्वारा उपचार गरिन्छ । जस्तैः व्यक्तिगत मोवाइल एप्सबाट बिरामीले चिकित्सक तथा अन्य मेडिकल व्यवसायीसँग आफ्नो समस्या सुनाएर तत्कालै रोग पहिचान गर्नुका साथै सुझाव प्राप्त गर्छन । टेलीहेल्थले बिरामीलाई उनीहरुलाई आवश्यक परेको अवस्था र स्थानमा उपचारको पहुँच पाउँछन् । बिरामीले टाढाबाट विश्वासिलो र सुलभ उपचार पाउने भएकोले यो प्रविधि दीर्घजीवि रोगीका लागि उपयुक्त हुन्छ । सन् २०२५ सम्ममा टेलिमेडिसिनको बजार १ सय १३ अर्ब भन्दा बढी नाध्ने प्रक्षेपण गरिएको छ ।

९. हर्टको भल्ब रिप्लेसमेन्ट
प्रविधिमा भएका विकासले हर्ट सर्जरीलाई सहज बनाएको छ, जसका कारण मुटुको भल्ब फेर्न सम्भव भएको छ । यस प्रक्रियामा वायेप्सी (जीवित मानिसको शरीरबाट निकालिएको तन्तुलाई परीक्षण गरेर रोग र त्यसको कारण पत्ता लगाउनु) पनि सहयोग गरेको छ । धमनी, तीन वटा प्वाइन्ट भएको त्रिकस्पिड भल्बलाई पातलो क्याथिटर (एक प्रकारको ट्युब) विस्थापित गरेर ओपन हर्ट सर्जरी गर्न सकिन्छ । यसको प्रयोगले सर्जरीलाई चुस्त बनाएको छ ।

१०. रिजेनेरेटिभ मेडिसियन
शरीरमा अंग र तन्तु पुनः उत्पत्ति गर्ने विधिले औषधि विज्ञानका क्षेत्रमा थप चमत्कार ल्याएको छ । उमेर बढ्दै जाँदा वा कुनै कारण तपाईंको घुडा दुख्छ, त्यतिबेला घुँडाका जोर्नी जोड्ने र खुट्टालाई हिडडुल गर्न सहयोग गर्ने लचकदार तन्तु (कार्टिलेज)ले काम गर्न छोड्छ । यस्तो अवस्थामा केवल एउटा विकल्प हुन्छ । पेनकिलर वा शल्यक्रियामार्फत जोर्नी प्रतिस्थापन गर्ने । तर, स्टिम सेल प्रविधिले भविष्यमा वैज्ञानिकलाई कार्टिलेज र शरीरका अन्य अंगलाई पुन उत्पत्ति गर्न सहयोग गर्नेछ । एक अध्ययनअनुसार बाथका कारण सन् २०३० सम्म वयस्क जनसंख्याको २५ प्रतिशत प्रभावित हुनेछन् । रिजेनेरेटिभ मेडिसियनले नष्ट भएका तन्तु र अंगहरुलाई पूर्ण रुपमा निको पारिदिने भएकोले यसको चौतर्फी प्रयोगको सम्भावना छ । यो प्रविधिले हृद्धयघातका कारण बिग्रिएको मुटुलाई समेत मर्मत गरिदिन्छ । शरीरका तन्तु तथा अंगलाई प्रयोगशालामा हुर्काएर पनि प्रत्यारोपण गर्न पनि सकिन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ