२०८३ वैशाख ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यएनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा टिम मंगललाई समर्थन

एनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा टिम मंगललाई समर्थन


काठमाडौं—आसन्न नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनमा सुशीला कार्की नेतृत्वको अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईले टिम मंगललाई समर्थन गरेका छन् । बुधबार उनले एनएमए निर्वाचनमा टिम मंगललाई समर्थन गरेका हुन् ।

‘देशको गाउँ, दुर्गम क्षेत्र, स्रोतको सिमिततामा स्वास्थ्य सेवाका चुनौतिहरु बुझेको नेतृत्व भए परिवर्तन सम्भव होला,’ टिम मंगललाई समर्थन गर्दै पूर्वमन्त्री चौलागाईले लेखेका छन् ।

चौलागाईले जेनजी सरकारमा वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।

कर्णालीका क्षेत्रमा समाजसेवी चौलागाई ‘माण्ठ हुँ म माण्ठ’ गीतका सर्जक समेत हुन् ।

एनएमएको निर्वाचन ४ र ५ बैशाखमा काठमाडौं उपत्यका बाहिर १८ र १९बैशाखमा उपत्यका बाहिर निर्वाचन हुँदैछ ।

नयाँ नेतृत्वका लागि डा. मंगल रावलको नेतृत्वको टिम, डा. बद्री रिजाल नेतृत्वको टिम र डा. नारायण भुसाल नेतृत्वको टिम चुनावी मैदानमा छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ