२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही

मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही


काठमाडौं—तत्कालीन सभामुख कृष्णबहादुर महरा विरुद्ध जबरजस्ती करणीमा मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही मृत अवस्थामा भेटिएकी छन् । आइतबार दिउँसो १ बजेर ५० मिनेटमा सुर्यविनायक नगरपालिका—३ बालकोटास्थित डेरामा ५० वर्षीया शाही कोठाभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनले केही समय संसद सचिवालयमा स्वास्थ्यकर्मीका रुपमा समेत काम गरेकी थिइन् । उनी पेशाले नर्स हुन् । उनका श्रीमान काम विशेषले बाहिर गएका बेला उनी घरमै मृत अवस्थामा भेटिएकी हुन् ।

प्रहरी वृत्त थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार ढोका फोडेर हेर्दा उनी भुँइँमा लडेकी थिइन् । त्यसबेलासम्म उनको श्वासप्रश्वास बन्द भइसकेको थियो । अत्याधिक मात्रामा औषधि सेवन गरी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

१२ असोज २०७६ को राति तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो । त्यसक्रममा महराको चस्मा फुटेको थियो । सो घटनापछि उनले महरा विरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी थिइन् । जसमा पछि महराले सफाइ पाएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ