२०८२ जेठ २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन

क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन


काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक प्रा.लि. आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन भएको छ । ८ जेठमा नेपाल एक्रिडिटेसन फाउण्डेसनले क्रिष्टललाई १५१८९ः२०२२ प्रमाणित गरेको प्रमाणपत्र दिएको हो ।

एक कार्यक्रमकामाझ अष्ट्रेलियाका प्रा.डा. रोना ग्रेभ्स, भारतका प्रा.डा. प्रदीप दाब्ला र जर्मनीका प्रा.डा. इगोन अमन्नले  क्रिष्टल प्रयोगशालाको एक्रिडिटेसन प्रमाणपत्र हस्तान्तरण गरेका थिए । आईएसओ प्रयोगशालाको गुणस्तर मापन गर्ने निकायले प्रदान गर्ने गुणस्तर प्रमाणीकरण चिन्ह हो ।

क्रिष्टल आईएसओ १५१८९ः२०२२ प्रमाणित भएपछि प्रयोगशालाको गुणस्तर सुनिश्चित भएको क्रिष्टलका ल्याबरोटरी इन्चार्ज सुरज गौतमले जानकारी दिए । ‘यो आईएसओ एक्रिडिटेसन ए ग्रेडका हरेक प्रयोगशालाले लिनुपर्ने एनपीएचएलको मापदण्ड छ,’ उनले भने, ‘हामीले त्यो मापदण्ड पूरा गरेका छौं ।’ उनले अब क्रिष्टलका रिपोर्टहरु गुणस्तरीयताका हिसाबले पनि अन्तर्राष्ट्रियस्तरको हुने जानकारी दिए ।

‘यो इन्टरन्यासनल स्ट्याण्डर्ड अर्गनाइजेसनले दिएको सर्टिफिकेट हो,’ गौतमले भने, ‘यो ल्याबरोटरी सम्बन्धी स्ट्याण्डराइजेसन हो । नमुना संकलन, म्यानेजमेन्ट, रिपोर्टलगायतका प्रयोगशालाका सबै पक्षहरु निरिक्षण गरिसकेपछि मात्रै यो प्रमाणपत्र दिने गर्छ । उनीहरुले तोकेको क्याटेरिया हामीले पूरा गरेको हुनुपर्छ ।’

क्रिष्टल डाइग्नोष्टिकले हेमाटोलाजी, बायोकेमेष्ट्री, माइक्रोबायोलोजी, इम्युनोलोजी, सेरोलोजी, पारासाइटोलोजी, हिस्टो प्याथोलोजी, क्यान्सर जाँच, इम्युनोफोलोरोसेन्स, हिस्ट्रोकेमेष्ट्री, फ्लोसाइट्रोमेट्री, मोलीक्युलर बायोलोजीलगायतका सोव दिइरहेको छ । साथै, इण्डोस्कोपी, कोलोनोस्कोपी, अल्ट्रासाउण्ड, डिजिटल एक्स—रे, टिएमटी, पिएफटी, इसिजी, इको, युरोफ्लोमेट्रीलगायतका सेवा पनि उपलब्ध छन् ।

नेपाल एक्रिडिटेसन फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अभिषेक अधिकारीले एक्रिडिटेसनपछि प्रयोगशालाको गुणस्तर सुनिश्चितता भएको जानकारी दिए । ‘एक्रिडिटेसन गरेपछि प्रयोगशालाको गुणस्तर सुनिश्चिता हुन्छ,’ उनले भने, ‘सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको अनुगमन र अडिटपछि मात्रै हामीले एक्रिडिटेसन प्रमाणपत्र दिन्छौं ।’ उनले फाउण्डेसनले एसिया प्यासिफिक एक्रिडिटेसन कर्पोसनले (एप्याक)सँग आवद्ध रहेको जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ