२०८२ असार ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यइरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त

इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त


काठमाडौं—इरानको मिसाइल प्रहारका कारण दक्षिण इरानको एक अस्पताल क्षतिग्रस्त भएको छ । बिहीबार भएको क्षेप्यास्त्र आक्रमणपछि इजरायलको बेयर शेभा सहरस्थित सोरोका मेडिकल सेन्टरबाट धुवाँ निस्किरहेको देखिन्छ।

सोरो अस्पतालकी प्रवक्ताले इरानको आक्रमणमा परेर अस्पताल क्षतिग्रस्त भएको जानकारी दिइन् ।

‘हामी हाल क्षति र घाइतेहरूको मूल्यांकन गर्दैछौं,’ सोरोका मेडिकल सेन्टरकी प्रवक्ताले भनिन्, ‘विभिन्न स्थानहरूमा व्यापक क्षति पुगेको छ।’
उनले बिरामीहरुलाई अहिले अस्पताल नआउनसमेत आग्रह गरेकी छन् ।

टेलिग्राममा पोस्ट गरिएका भिडियोहरूमा, जसले आफूलाई इजरायलका प्रमुख मेडिकल केन्द्रहरूमध्ये एकको रूपमा वर्णन गर्छ, अस्पताल वरपरको क्षति देखाइएको छ। थुप्रै संरचनाहरू भत्किएको र जमिनमा भत्किएका वस्तु छरिएको देखिन्छ।

इजरायलको राष्ट्रिय आपतकालीन सेवाले एक ६० वर्षीया महिला घाइते भएको जनाएको छ ।

इजरायली स्वास्थ्यमन्त्री उरिएल बुजोले देशको दक्षिणमा पर्ने बेयर शेभास्थित सोरोका अस्पताललाई मिसाइल आक्रमणको लक्ष्य बनाएर इरानले रेडलाइन पार गरेको बताएका छन्।

‘यो इरानी शासनद्वारा गरिएको युद्ध अपराध हो,’ इजरायलको आर्मी रेडियोले बुजोको भनाइ उद्धृत गर्दै जनाएको छ। इजरायली सञ्चारमाध्यमहरूले पछिल्लो इरानी क्षेप्यास्त्र आक्रमणपछि सो अस्पतालमा क्षति पुगेको रिपोर्ट गरेका छन्।

-सीएनएन र अलजजिराबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ