२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न


काठमाडौं—नेपाल स्वास्थ्य प्राविधिक संघले विभिन्न कार्यक्रमका साथ ४७ औं स्थापना दिवस मनाएको छ । सोमबार स्वास्थ्य क्षेत्रको सबैभन्दा पुरानो संगठनले वटै जिल्लामा विभिन्न कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो।

काठमाडौं जिल्ला कार्य समितिले गोठटार करिब २२ हजार बराबरको मैदाको पिठो र गाई बाच्छालाई आवश्यक पर्ने घाँस तथा फलफूल बिरुवा वृक्षारोपण गरी मनाएको हो ।

संस्थाका केन्द्रीय सदस्य श्रेष्ठ र सन्तोष कुइकेलले समन्वय गरेको कार्यक्रममा केन्द्रका केन्द्रीय अध्यक्ष बसन्तकुमार श्रेष्ठ र केन्द्रीय महासचिव श्यामकुमार ओलीले आफ्नो धारणा राखेका थिए ।

उक्त असहाय गाई बाच्छा संरक्षण अभियान काठमाडौंका स्थानीय उत्तम पुडासैनी, भगवान पुडासैनी र राजकुमार श्रेष्ठले स्वयंसेवक रुपमा खटी सञ्चालन गरेका हुन् । कार्यक्रममा संरक्षण समितिका उत्तम पुडासैनीले यत्रतत्र सडकमा जथाभावी हिँडिरहेका र दुःख पाइरहेका गाईका बाच्छा तथा गाईहरूलाई रेस्क्यु गरी करिब १०० रोपनी जग्गामा गोठमा राख्ने, खाना खुवाउने औषधि उपचार गर्ने र गाईलाई माया गर्ने कार्यक्रम सञ्चालन गरेको बताए ।

नेपाल स्वास्थ्य प्राविधिक संघ काठमाडौँ जिल्ला कार्य समितिले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल डेन्टल हाइजिनिस्टले आर्थिक सहयोग गरेको थियो ।

यसैगरी, ललितपुर जिल्ला कार्यसमितिले संस्थाको ४७ औं स्थापना दिवस शुभकामना आदान—प्रदान गरी मनाएको छ। समितिका अध्यक्ष हरिशरण थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय अध्यक्ष श्रेष्ठ रहेका थिए भने केन्द्रीय महासचिव श्यामकुमार ओलीले संघका केन्द्रीय धारणा राखेका थिए ।

सो कार्यक्रममा केन्द्रका वरिष्ठ उपाध्यक्ष शोभा गौतम, केन्द्रीय कोषाध्यक्ष कल्पना पाण्डे, केन्द्रीय सचिवालय सदस्य छिरिङ्गडोमा शेर्पा समेतको उपस्थिति थियो। साथै सो कार्यक्रममा ललितपुर जिल्ला कार्य समितिले पाटन अस्पतालको जेरियाट्रिक वार्डमा फलफुल तथा खाद्य सामग्री वितरण गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ