२०८२ साउन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकलेजोको क्यान्सर सन् २०४० सम्म ५५ प्रतिशत बढ्न सक्ने

कलेजोको क्यान्सर सन् २०४० सम्म ५५ प्रतिशत बढ्न सक्ने


विशेषज्ञहरुले पाए कि संसारमा हर पाँचमा लगभग तीन लिभर क्यान्सरका लागि हेपाटाइटिस, मदिरा सेवन गर्ने बानी र नन अल्कोहलिक फ्याटी लिभर जिम्मेवार छन् । यी जोखिम कारणमाथि यदि समयमे ध्यान दिन सकेमा कलेजोको क्यान्सरबाट बचाउन सकिन्छ ।

क्यान्सर एक गम्भीर र ज्यान लिने बिमारी हो, क्यान्सरका बिरामी संसारभर तीब्र रुपमा बढिरहेका छन् । यो मृत्युका प्रमुख कारणहरुमध्ये एक हो । तथ्यांक हेर्ने हो भने थाहा हुन कि हरेक वर्ष लगभग १ करोड मानिसको क्यान्सरबाट मृत्यु हुन्छ ।

सन् २०२२ को तथ्यांकअनुसार यो वर्षमा ९७ लाखभन्दा बढीको क्यान्सरबाट मृत्यु भएको थियो । स्वास्थ्य विज्ञहरुकाअनुसार मृत्युको संख्याका हिसाबले फोक्सोको क्यान्सर सबैभन्दा घातक क्यान्सर हो । यसबाहेक स्तन र कलेजोको क्यान्सरको खतरा र यसका कारण हुने मृत्युका घटनाहरु बढ्दैं गएका छन् । पुरुष, महिला र बालबालिका सबै यसको शिकार भइरहेका छन् ।

कलेजोको क्यान्सर सम्बन्धी द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताहरुको टोलीले यसबाट बच्नका लागि केही उपायहरुबारे जानकारी दिएका छन् । जसको यदि कम उमेरदेखि नै पालना गरियो भने यो घातक रोगबाट जोगिन सकिन्छ । क्यान्सर रोग विशेषज्ञहरुले पत्ता लगाएका कि संसारमा हरेक पाँचमध्ये करिब तीन कलेजोको क्यान्सरका घटनाका लागि हेपाटाइटिस, मदिरा सेवन गर्ने बानी र नन—अल्कोहलिक फ्याटी लिभर जिम्मेवार छन् । यी जोखिम कारकहरुलाई समयमैध्यान दिन सकियो भने कलेजको क्यान्सरबाट बच्न सकिन्छ ।

कलेजोको क्यान्सर मृत्युका प्रमुख कारणमध्ये एक हो । हङकङ क्यान्सर इन्स्टिच्युट, चीनस्थित फुदान विश्वविद्यालयका साथै अमेरिका र युरोपका अन्य संस्थानका अनुसन्धानकर्ताहरुले यो प्रतिवेदन तयार गरेका हुन् । टोलीले पत्ता लगाएको छ कि मेटाबोलिक समस्याले कलेजोको क्यान्सरको जोखिम ३५ प्रतिशतसम्म बढाएको छ । यसको मुख्य कारण कलेजोमा अतिरिक्त बोसो जम्मा हुनु हो ।

जर्नल अफ हेपाटोलोजीमा प्रकाशित अध्ययनअनुसार ४६ देशमा क्यान्सरका कारण हुने मृत्युमध्येमा शीर्ष तीन प्रकारमध्ये कलेजोको क्यान्सर एक हो । यसको जोखिम वर्षैपिच्छे बढ्दो क्रममा छ ।

हङकङस्थित चाइनिज युनिभर्सिटीको क्लिनिकल अंकोलोजी विभागका प्राध्यापक तथा यस अध्ययनका प्रमुख लेखक स्टिफन च्यानले भने, ‘निष्कर्षहरुले देखाउँछन् कि भाइरल हेपाटाइटिस, मदिरा सेवन र मोटोपनाजस्ता जोमिख कारकहरु रोक्नका लागि यदि विश्वव्यापीस्तरमा प्रयासहरु सुरु गरिए भने यसले कलेजोको क्यान्सर रोक्ने र जीवन बचाउने ठूलो अवसर प्रदान गर्न सक्छ ।’ तर, गम्भीर कुरा यो हो कि यी तीन वटै जोखिम कारकहरु तीब्र गतिमा बढ्दैं गइरहेका छन्, जुन गम्भीर चिन्ताको विषय हो ।

लेखकहरुले भने कि फ्याटी लिभरको स्थितीको बढ्दो जोखिमबारे जनचेतना बढाउन आवश्यक छ । विशेषगरी अमेरिका, युरोप र एसियामा मधुमेह र मोटोपनबाट ग्रस्त व्यक्तिहरुप्रति ध्यान दिन आवश्यक छ किनकी यस्ता व्यक्तिहरुमा भविष्यमा खतरा बढी हुन सक्छ ।

विशेषज्ञहरुकाअनुसार बढ्दो जनसंख्या र बढ्दो जोखिम कारकका कारण आउने वर्षहरुमा विश्वव्यापी रुपमा कलेजोको क्यान्सरका घटनामा अझ वृद्धि हुने सम्भावना छ । अध्ययनअनुसार सन् २०२० सम्म यस्ता घटनामा करिब ५५ प्रतिशत वृद्धि हुन सक्छ ।

अनुसन्धानमा विशेषज्ञहरुले भनेका छन्, ‘हामीले अनुमान गरेका छौं कि कम्तिमा ६० प्रतिशत कलेजोको क्यान्सरलाई रोक्न सकिन्छ, यदि समयमै यसको जोखिम कारकहरुलाई ध्यान दिई तिनलाई नियन्त्रण गरियो भने । हेपाटाइटिस बी र सी भाइरस, मेटाबोलिज्मसम्बन्धी समस्या र मदिरा पिउनेजस्ता बानीहरुलाई रोक्न आवश्यक छ ।’

स्वास्थ्य विज्ञहरु बताउँछन् कि क्रोनिक हेपाटाइटिस बी र सी संक्रमणले कलेजोको क्यान्सरको जोखिमलाई निकै बढाउन सक्छ । यी भाइरसहरुले कलेजोमा दीर्घकालीन सुजन र क्षति पु¥याउन सक्छन्, जसले सिरोसिस र हेपाटोसेलुलर कार्सिनोमा गराउन सक्छ, जुन कलेजोको क्यान्सरको सबैभन्दा सामान्य प्रकार हो । यसका अतिरिक्त हेपाटाइटिस डी संक्रमणका कारण पनि कलेजोको क्यान्सरको खतरा बढ्दो क्रममा देखिएको छ ।

हालै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (डब्लूएचओ—आईएआरसी)ले हेपाटाइटिस डीलाई घातक र क्यान्सर उत्पन्न गर्ने (कार्सिनोजेनिक) घोषणा गरेको छ । ‘हरेक ३० सेकेण्डमा हेपाटाइटिससँग सम्बन्धित गम्भीर कलेजो रोग वा कलेजोको क्यान्सरका कारण एक व्यक्तिको मृत्यु हुन्छ ।’

-अमर उजालाबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ