२०८२ माघ २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यशारदाकेयर हेल्थसिटीद्वारा नेपाली चिकित्सहरुसँग बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल ज्ञान आदान–प्रदान

शारदाकेयर हेल्थसिटीद्वारा नेपाली चिकित्सहरुसँग बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल ज्ञान आदान–प्रदान


काठमाडौं—उत्तर भारतको सबैभन्दा ठूलो बोनम्यारो ट्रान्सप्लान्ट केन्द्रका रुपमा रहेको शारदा केयर–हेल्थसिटीले नेपालका चिकित्सकहरूका लागि बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रम आयोजना गरेको छ । आइतबार काठमाडौंको होटल मल्लमा आयोजना गरिएको सिएमई कार्यक्रममा नेपालका थुप्रै चिकित्सकहरुको सहभागिता रहेको थियो ।

ज्ञान आदान–प्रदानलाई अघि बढाउने र क्षेत्रीय स्वास्थ्य सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धताअनुरुप उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ । उक्त कार्यक्रमको उद्देश्य रक्त सम्बन्धी रोग र क्यान्सरको उपचारमा बोनम्यारो ट्रान्सप्लान्टको विकसित हुँदै गएको भूमिकाबारे चिकित्सकहरूमा थप सचेतना अभिवृद्धि गर्नु रहेको थियो ।

कार्यक्रमको नेतृत्व शारदा केयर–हेल्थसिटीका हेमाटो–अंकोलोजी तथा बोनम्यारो ट्रान्सप्लान्टका उपाध्यक्ष डा. पवनकुमार सिंहले गरेका थिए । उनी जटिल ट्रान्सप्लान्ट तथा हेमाटोलोजिकल क्यान्सरहरूको व्यवस्थापनमा अनुभव भएका दक्षिण एसियाका अग्रणी विशेषज्ञ हुन् ।

सत्र जीवनरक्षक उपचार विकल्पका रूपमा बोनम्यारो ट्रान्सप्लान्टको क्लिनिकल बुझाइलाई सुदृढ बनाउनेमा केन्द्रित थियो । यसमा प्रमुख संकेतहरू ट्रान्सप्लान्ट प्रविधिमा भएका हालैका प्रगतिहरू तथा बिरामीको उपचार परिणाम सुधार गर्ने उपायहरू समेटिएका थिए । कार्यक्रमले शारदा केयर–हेल्थसिटीका बोनम्यारो ट्रान्सप्लान्ट क्षमताको विषयमा पनि उजागर गरिएको थियो, जसमा अटोलोगस, एलोजेनिक तथा ह्याप्लोआइडेन्टिकल ट्रान्सप्लान्टमा विशेषज्ञता साथै ल्युकेमिया, लिम्फोमा, मल्टिपल मायलोमा, थालासेमिया तथा अन्य हेमाटोलोजिकल विकारहरूको उपचार समावेस थिए । अस्पतालमा उन्नत ट्रान्सप्लान्ट युनिट, संक्रमण नियन्त्रणित वातावरण, सुदृढ क्रिटिकल केयर सेवा, उन्नत ट्रान्सफ्युजन मेडिसिन, विशेषीकृत संक्रमण व्यवस्थापन प्रणाली, बहुविषयक क्लिनिकल टोली तथा समर्पित पोस्ट–ट्रान्सप्लान्ट हेरचाह प्रोटोकल रहेको उनले जानकारी दिए ।

कार्यक्रमबारे बोल्दै डा. सिंहले भने, ‘बोन म्यारो ट्रान्सप्लान्टेसन धेरै रक्त क्यान्सर र गैर–घातक रक्त विकारहरूको लागि अत्यन्त सफल र क्रमसः सुलभ उपचार विकल्पका रूपमा विकसित भएको छ । यस सिएमईमार्फत हाम्रो उद्देश्य बोनम्यारो ट्रान्सप्लान्टका लागि सही समय र दृष्टिकोण पहिचान गर्ने विषयमा चिकित्सक समुदायमा सचेतना बढाउनुका साथै सुरक्षित र सफल ट्रान्सप्लान्ट परिणामहरूलाई समर्थन गर्ने शारदा केयर–हेल्थसिटीको क्लिनिकल विशेषज्ञता र पूर्वाधार साझा गर्नु हो ।’

शारदा केयर–हेल्थसिटी तथा शारदा अस्पतालका ग्रुप सिईओ डा. कौसर शाहले भने, ‘शारदा केयर–हेल्थसिटीमा हामीले उत्तर भारतकै सबैभन्दा ठूलो बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माण गरेका छौं । जसलाई उन्नत प्रविधि, अनुभवी ट्रान्सप्लान्ट चिकित्सक र कम्प्रीहेन्सीभ सपोर्टिभ केयरजस्ता कुराहरुले विशेष बनाएको छ । हाम्रो ध्यान बिरामीको उपचार परिणाम सुधार गर्नुका साथै उन्नत ट्रान्सप्लान्ट सेवाहरूलाई अझ सुलभ बनाउनेमा केन्द्रित छ ।’

उनले काठमाडौंमा आयोजना गरिएको यो सिएमईमार्फत बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल सचेतना सुदृढ पार्न र चिकित्सकहरूलाई विशिष्टीकृत विशेषज्ञता तथा उत्कृष्ट अभ्यासहरूमा पहुँच उपलब्ध गराउन चाहेको बताए । ‘क्षेत्रीय साझेदारी र व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्दै भारत र छिमेकी मुलुकहरूमा उन्नत हेमाटोलोजी तथा अंकोलोजी सेवामा पहुँच सुधार गर्ने हाम्रो प्रतिबद्धता कायम छ ।’

शारदा केयर–हेल्थसिटी ग्रेटर नोएडा, दिल्ली–एनसीआरमा अवस्थित ६०० शय्याको उत्तर भारतकै सबैभन्दा ठूलो सुपर–स्पेसियलिटी अस्पताल हो, जसले उन्नत चिकित्सा सेवा, अत्याधुनिक प्रविधि तथा विश्वस्तरीय पूर्वाधारमा नयाँ मानक स्थापित गरिरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ