२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडोयाममा रुघाखोकीबाट कसरी जोगिने

जाडोयाममा रुघाखोकीबाट कसरी जोगिने


रुघाखोकी लाग्नु पछाडि कुनै एक ठोस कारण हुँदैन । रुघाखोकी लाग्नु पछाडि सरसफाइको कमी, धुलो, धुवाँ तथा स्वच्छ वातावरणको अभावजस्ता विभिन्न कारणहरु रहेका हुन्छन् । ती विभिन्न कारणहरुमध्ये चिसोलाई पनि एक प्रमुख कारण मानिन्छ । चिसोले ग्रसित भएकै कारण ब्यक्तिलाई दम, श्वासप्रश्वास सम्बन्धि विभिन्न समस्या र रुघाखोकीजस्ता आदि समस्याहरु देखिने हुन्छ ।

कातिक महिनाको अन्त्यसँगै नेपालमा चिसो बढ्न थालेको देखिन्छ । विशेषगरी बिहान र बेलुका तापक्रमको घट्दो टेम्पेरेचरसहित मानिसहरुमा चिसोको कारण रुघाखोकी भने देखा पर्न थालिसकेको छ । अबका समयमा अधिकांश ब्यक्तिहरुलाई चिसोकै कारणले लाग्ने रुघाखोकीबाट बच्नको निमित्त निम्न उपायहरु अपाउन सकिन्छ ।

  • शरीरलाई न्यानो बनाइराख्ने
  • सकेसम्म चिसो तथा लामो ठाउँको यात्रा नगर्ने
  • चिसो खाना तथा पानीको प्रयोग नगर्ने
  • मनतातो पानी पिउने
  • तातो झोलयुक्त खानाहरुलाई विशेष प्राथमिकता दिने
  • बेसार, अदुवा, नुन तथा जिरा मिश्रित पानी पिउने
  • खानामा ज्वानो तथा मेथीको समावेस गर्ने
  • घाँटी तथा छातीको भागमा हावा पस्नबाट जोगाइ राख्ने
  • आराम गर्ने

उपचार विधि

सामान्यतयाः मानिसहरु चिसो लाग्ना साथ मेडिकल गएर औषधी खरिद गरी खाइहाल्ने गर्छन् । तर, यो विल्कुल गलत हो । जुनसुकै औषधीको प्रयोग गर्नुपूर्व हामीले सम्बन्धित चिकित्सकको नै परामर्श लिनु पर्दछ । अझ एन्टिबायोटिक औषधीले रुघाखोकीको भाइरस विरुद्ध मात्रै लड्ने भएकोले यो चिसोबाट लागेको रुघाखोकीको निम्ति भने खासै प्रभावकारी रहँदैन ।

त्यसैले सकेसम्म प्रत्येक व्यक्तिले आफूमा यस्तो समस्या नदेखियोस् भन्नका लागि सर्वप्रथम चिसोबाट बच्न सक्नुपर्छ । र, यसका साथै यदि ब्यक्ति रुघाखोकीबाट संक्रमित भैहालेमा पनि माथि उल्लेखित उपायहरु अपनाउनु पर्छ । यसबाहेक बढी रुघाखोकीले सताएको खण्डमा भने तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिनु पर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ