२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा पनि महिनावारीमा आवश्यक सामाग्री खपतमा समस्या !

अमेरिकामा पनि महिनावारीमा आवश्यक सामाग्री खपतमा समस्या !


सामान्यतयाः महिनावारी सम्बन्धि ज्ञानको अभाव र आवश्यक सामाग्रीको पहुँचको कमी भएको देशभन्दा तुलनात्मक रुपमा विशेषतः हामी नेपालजस्तो विकाशोन्मुख देशका ग्रामीण क्षेत्रको महिला वा अफ्रिकी मुलका महिलाहरुलाई सम्झने गर्छौ । हामीमध्ये धेरैले अमेरिकालाई यस्ता सन्दर्भमा भने निकै नै टाढा राखेर सोच्ने गरेका छौं । तर, पछिल्लो पटक गरिएको एक अनुसन्धानले अमेरिकामा पनि यस्ता समस्या साझा रुपमा देख्ने गरेको अप्रत्यासित तथ्यांक सार्वजनिक गरेको छ ।

कम आयस्रोत भएका तथा गरिबीले सताएका महिलाहरुमा महिनावारीको दौरानमा आवश्यक सामाग्री तथा खानाहरुको पहुँच नभएको तथ्य उक्त अनुसन्धानले उल्लेख गरेको छ ।

गरिबीका कारण अमेरिकामा देखिएका विभिन्न चुनौतीहरुमध्ये आफ्नो स्वास्थ्यप्रतिको उचित ज्ञानको अभाव पनि एक हो । यसबाहेक कतिपयले उचित ज्ञानको बाबजुद पनि आर्थिक अभावकै कारण सो ज्ञानहरु अवलम्बन गर्न सकेका छैनन् । महिलाहरुमा गरिएको उक्त अनुसन्धानका अनुसार सेन्ट लुइस र मुसौरीजस्ता सहरमा बसोबास गर्ने १ सय ८३ महिलाहरु यस्ता समस्याबाट पीडित रहेका छन् ।

अनुसन्धानकाअनुसार लगभग दुई तिहार बराबर अर्थात् ६४ प्रतिशत महिलाहरुले गत वर्षको विन्दुमा कुनै पनि मासिक स्वच्छता आपूर्ति गर्न सकेका थिएनन् । यसका साथै त्यस समुदायका २१ प्रतिशत महिलाहरुले भने प्रत्येक महिना यस्ता समस्याहरु झेल्दै आएको समाचार महिला तथा प्रसुती रोगविज्ञानको संस्करणमा प्रकाशित गरिएको थियो । त्यहाँका महिलाहरुले हालसम्म पनि महिनावारीमा कपडा, टालो र ट्वाइलेट पेपरको प्रयोग गर्ने गरेका छन् । यसैका जसकारण उनीहरु धेरैपटक लज्जास्पद घटनाहरुको शिकार समेत भएका छन् ।

यसैगरी पछिल्लो वर्षको गणनाअनुसार ४६ प्रतिशत महिलाहरुले महिनावारीको दौरानमा समेत गरिबीकै कारण आवश्यक हाइजिनयुक्त खानाहरु समेत उपभोग गर्न सकेका थिएनन् । जसले उनीहरुको दैनिक जीवनमा समेत प्रत्यक्ष प्रभाव पारेको थियो ।

अमेरिकामा पनि हालसम्म गरिबीकै कारण स्वास्थ्य सम्बन्धि उचित आवश्यक आपूर्ति गर्न नसक्ने समाचार बाहिरिरहँदा अझ अन्य तेस्रो मुलुकहरुले भने गरीबीकै कारण कहिलेसम्म आवश्यक स्वास्थ्य आपूर्तिबाट अब टाढा रहनुपर्ने हो भन्ने प्रश्नहरु उब्जिन थालेका छन् ।

एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ