२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबढ्दो उमेरमा आफैं थाहा पाउँछन् बालवालिकाले आफू समलिंगी भएको कुरा

बढ्दो उमेरमा आफैं थाहा पाउँछन् बालवालिकाले आफू समलिंगी भएको कुरा


बढ्दो उमेरक्रमसँगै बालवालिकाले आफू समलिंगी भएको कुरा आफै थाहा पाउने गरेको तथ्य एक अध्ययनले सार्वजनिक गरेको छ । अध्ययनकाअनुसार कुनै पनि समलिंगी बालवालिकाले आफू समलिंगी भएको कुरा उनीहरुलाई लिंगको आधारमा गरेको समान ब्यवहारको बाबजुद पनि थाहा पाउँछन् ।

अंग्रेजी पत्रिका ‘प्रोसीडिङ अफ दि नेशनल एकेडेमी अफ साइन्स’ मा प्रकाशित समाचार अनुसार अमेरिकामा ८ सय बालवालिकामा गरेको उक्त पछिल्लो अध्ययनको क्रममा बालवालिकालाई कपडा र खेलौनासँगसँगै आफ्नो निम्ति साथी पनि चुन्न लगाइएको थियो ।

जसमध्ये सामान्य बालवालिकाले आफ्नो रुची र लिंगअनुरुप नै खेलौना र कपडा छानी विपरित लिंगका साथीसँगको मित्रतालाई रुचाएका थिए । त्यसमध्ये समलिंगी भएका बालवालिकाहरुले भने समान लिंग र आफ्नो लिंग विपरितका कपडा र खेलौनाहरु चुनेका थिए । अनुसन्धानमा बालवालिकाको ब्यवहार र प्रस्तुतीलाई पनि मध्यनजर गरिएको थियो ।

समलिंगी बालवालिकाले आफू समलिंगी भएको तथ्य मेडिकल चेकजाँच वा चिकित्सकको परामर्शबिना नै ३ देखि १२ वर्षभित्रको थाहा पाउँछन् । अनुसन्धानकर्ताकाअनुसार उनीहरुले लैगिंकताको आधारमा गर्नुपर्ने ब्यवहार वा विश्वासभन्दा छुट्टै किसिमको ब्यवहार गर्छन् ।

जुन सामाजिक विधि, अवधारणा र विश्वास विपरित हुन्छन् । यस अन्तर्गत उनीहरु विपरित लिंगीको कपडा रुचाउने, आफ्नो नाम परिवर्तन गर्ने, सोही अनुसारको खेलहरु रुचाउने र अरुको सामुन्ने प्रस्तुत हुने गर्छन् । अनुसन्धानमा संलग्न टिमले अध्ययनमा सहभागी गराइएका प्रत्येक बालवालिकाको गतिविधिसँगसँगै उनीहरुको अभिभावकमा समेत विशेष किसिमको अवलोकन गरिएको थियो ।

‘आश्चर्यको कुरा त के छ भने उनीहरुलाई समाजमा विद्यमान ती लैंगिकताले असर पारेको देखिदैन,’ अध्ययनमा संलग्न सेलिन गुल्गजले बताए । उनकाअनुसार अध्ययनका क्रममा अनुसन्धानकर्ताहरुले ३ सय जना समलिंगी, दाजुभाई तथा दिदीबहिनी भएका २ सय समान लिंगी र अन्य परिवारको छुट्टै ३ सय बालवालिका गरी जम्मा ८ सय बालवालिका समावेश गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ