२०८३ भदौ २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा

भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा


नयाँदिल्ली— भ्रष्टाचारको आरोप लागेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमुख साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन् ।
बुधबार साइमाले तत्काल लागु हुने गरी पदबाट राजीनामा दिएको रोयटर्सले जनाएको छ ।

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा विरुद्ध डब्लुएचओ र बंगलादेशका अधिकारीहरूले ठगी तथा अनियमिततासम्बन्धी अनुसन्धान गरिरहेका थिए ।

वाजेदले सन् २०२४ मा डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । उनको कार्यकाल पाँच वर्षको थियो ।

तर, सन् २०२५ को अन्त्यतिर डब्लुएचओले उनलाई प्रशासनिक कारण देखाउँदै बेतलबी बिदामा पठाएको थियो । डब्लुएचओले आगामी महिना वाजेदको स्थानमा नयाँ क्षेत्रीय प्रमुख चयन गर्न निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरेको स्रोतलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ