२०८३ भदौ २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने

मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने


काठमाडौं–मेटलाइफ नेपालले सिवेक हस्पिटलसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा थप सुविधा विस्तार गरेको छ । यस सहकार्यअन्तर्गत वान बाई मेटलाइफको डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यहरूले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलमा उपलब्ध केही डायग्नोस्टिक सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यअन्तर्गत योग्य डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका आश्रित परिवारका सदस्यहरू—आमाबुबा, पति वा पत्नी तथा छोराछोरी—ले इन–हाउस ल्याबोरेटरी सेवामा १० प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र सीटी सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्थानीय तथा अन्तर्राष्ट्रिय बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको सिवेक हस्पिटल बिरामी केन्द्रित सेवा र अन्तर्राष्ट्रियस्तरको चिकित्सा सेवाका लागि परिचित छ । नेपालमा बसोवास गर्ने व्यक्ति, विदेशी नागरिक, कूटनीतिज्ञ, व्यवसायी तथा पर्यटकहरूका लागि समेत सिवेक एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकका रूपमा स्थापित छ ।

यस सहकार्यसँगै मेटलाइफका ग्राहकले सिवेकका केही स्वास्थ्य सेवामा विशेष दरमा सेवा लिन सक्नेछन्, जसले वान बाई मेटलाइफ एपमार्फत उपलब्ध सुविधाहरूमा थप मूल्य अभिवृद्धि गर्नेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ