२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुत्राशयबाट ८ सय मिलिलिटर पिसाब मुखले तानेरै बचाए चिकित्सकले बिरामीको ज्यान

मुत्राशयबाट ८ सय मिलिलिटर पिसाब मुखले तानेरै बचाए चिकित्सकले बिरामीको ज्यान


निस्वार्थः भाव भएका एक चिकित्सकले उड्दैं गरेको विमानमा पिसाब बन्द भएका एक वृद्धको पिसाब आफ्नो मुखबाट तानेरै बिरामीको ज्यान जोगाएका छन् । उक्त घटना चीनको दक्षिणपूर्वीय गन्जाउबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने क्रममा रहेको एक विमानमा घटेको थियो ।

घटनामा चिकित्सकले आफ्नो कुनै पनि स्वार्थ नहेरी बिरामीको ८ सय मिलिलिटर बराबरको पिसाब आफ्नो मुखबाटै तानेर निकालेका थिए । विमान गन्तब्यमा पुग्नु करिब ६ घण्टा अघिदेखि नै उक्त वृद्धले आफूलाई पिसाब फेर्न गाह्रो भएकोले सहयोगका लागि अपिल गरेका थिए ।

क्याबिनमा चालक दलले वृद्ध व्यक्ति चिसो पसिनाले निथ्रुकै भिजेको अवस्थामा देखेपछि विमानमा चिकित्सकको आवश्यक परेको आपतकालीन सूचना जाहेर गरेका थिए । उक्त सूचना पाउना साथ जीनन विश्वविद्यालयको पहिलो अस्पतालमा आबद्ध रहेका भास्कुलर सर्जरीका प्रमुख डा. जिओ जेअङ हङ्गले आफ्नो परिचयसहित उक्त वृद्ध व्यक्तिको सहयोगको निम्ति तयार भएका थिए ।

चिनियाँ समाचारमा जनाइएअनुसार उडिरहेको उक्त विमानमा शरीरबाट पिसाब जान नसकेको कारण वृद्धको पेट ज्यादै फुलेको थियो । त्यसैले उनी छट्पटाउदै पसिना बगाउँदै थिएँ । सोही बिमानमा उपस्थित हेनान पिपुल्स अस्पतालको भास्कुलर सर्जन जिओ जेअङ हङ्गले बिरामीको अवस्था बुझी उपचारको निम्ति लागि परेका थिए ।

तस्वीरः AsiaWire

त्यस समयभन्दा उता पनि शरीरबाट पिसाब निस्कन नसकेमा बिरामीको ज्यान जोखिममा पर्ने भन्दै उनले पिसाबबाट आफूलाई हुन सक्ने संक्रमणको बारेमा बेवास्ता गर्दै आफ्नो मुखबाट नै पिसाब तानेका थिए । यसअघि पनि वृद्धलाई बारम्बार पिसाब नआउने समस्या देखा पर्ने भएकोले उनका परिवारले वृद्धमा उक्त समस्या पिसाब बन्द भएकै कारण देखा परेको हुन सक्ने आशंका गरेका थिए ।

पिसाब जमेकै कारण तुरुन्त पिसाब बाहिर ननिकाले बिरामीको मुत्राशय नै फुट्ने स्थिती रहेको थियो । त्यसैले डा. जेअङ हङ्गले तुरुन्तै वहनीय अक्सिजन सिलिन्डरबाट प्लास्टिक ट्युबको प्रयोग गरी अस्थायी क्याथेटर, विमानको पहिलो एडमा रहेको बच्चाको सिरिन्ज, प्लास्टिकको पाइप, दुधको डब्बा र केही टेपहरुको प्रयोग गरी पिसाब तान्ने एक सिरिन्ज तयार गरे ।

बिरामीको परिवारकै सहमतिमा डा. ले उक्त सिरिन्ज बिरामीको मुत्र नलीभित्र पसाएका थिए । तर, सिरिन्ज एकदमै पातलो भएका कारण त्यसले पिसाब निकाल्न भएपछि उनले आफ्नो मुखबाट नै पिसाब तानेका हुन् ।

पिसाबबाट आफूलाई हुन सक्ने संक्रमणको बेवास्ता गर्दै उनले बिरामीको पिसाब ट्युबको सहायतामा आफ्नो मुखबाट तान्ने निर्णय लिएका थिए । आफ्नो मुखमा आएको पिसाब उनले बारम्बार वाइनको बोतलभित्र थुक्दै जम्मा गरी बिरामीको ज्यान बचाएका थिए ।

अन्ततः यसरी लगातार ३७ मिनेटसम्म पिसाब तानिरहेका उनले ८ सय मिलिलिटर फोहोर पिसाब बिरामीको शरीरबाट बाहिर निकाले ।

चिकित्सकले बिरामीको ज्यान बचाउनु स्वभाविक भएको भन्दै उनले भने, ‘त्यहाँ अरु कुनै उपाय नै थिएन । त्यसैले मैले केही नसोची बिरामीको मद्धत गर्ने हिसाबले उनको शरीरबाट पिसाब तान्न तयार भए ।’

मिररबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ