२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य१६ लाख विद्यार्थीमा गरिएको अनुसन्धान भन्छ-संसारका ८० प्रतिशतभन्दा धेरै टिनएजर्स अनफिट

१६ लाख विद्यार्थीमा गरिएको अनुसन्धान भन्छ-संसारका ८० प्रतिशतभन्दा धेरै टिनएजर्स अनफिट


विश्व स्वास्थ्य संगठनले हालै गरेको एक अनुसन्धान रिपोर्टअनुसार संसारभर ८० प्रतिशतभन्दा धेरै टिनएजर्स अनफिट पाइएका छन् । जसमध्ये ८५ प्रतिशत केटीहरु र ७८ प्रतिशत केटाहरु रहेका छन् ।

अनफिट रहनुको कारण नियमित एक्ससाइज नगर्नु र मोबाइल स्क्रीनमा अधिक समय बिताउनु प्रमुख कारणका रुपमा रहेका छन् । द लेन्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ जर्नलमा प्रकाशित शोधअनुसार अनुसन्धानमा १ सय ४६ देशका १६ लाख विद्यार्थीहरुलाई सामेल गरिएको थियो । जसको उमेर ११ देखि १७ वर्षसम्म रहेको थियो ।

सन् २००१ देखि सन् २०१६ सम्म चलेको उक्त अनुसन्धानमा केटाहरुको तुलनामा केटीहरु शारिरीक रुपमा कम सक्रिय पाइएका थिए । अनुसन्धान विद्यार्थीमाथि गरिएको थियो । यसमा शारिरीक क्षमताको आधार उनको हिडाइ, साइकिलिङ, फिजिकल एजुकेशन र स्पोर्ट क्षमतालाई बनाइएको थियो ।

विश्व स्वास्थ्य संगठनको रिसर्चमा सामेल लेखिका डा. रेगिना गुठहोल्डकाअनुसार टिनएजर्स हालत देख्दा तत्काल उनीहरुको शारिरीक गतिविधी बढाउने खालको नीति बनाउनु आवश्यक छ । उनकाअनुसार वर्तमान समयमा शरीरको सक्रिय राख्नमा केटाहरु केटहिरु तुलनामा अगाडि देखिएका छन् ।


दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ