२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकपाल, छाला तथा शरीरको निम्ति बेकिङ सोडाका ७ फाइदा

कपाल, छाला तथा शरीरको निम्ति बेकिङ सोडाका ७ फाइदा


बेकिङ सोडाले खानाहलाई फुल्लाउने भएकोले यसलाई हानी गर्ने तत्वको रुपमा लिइन्छ । तर, यसको बाबजुद पनि विभिन्न केक तथा बिस्कुटजस्ता बेकरी आइटमहरुको तयारीको निम्ति यसको उच्च मात्रामा प्रयोग भइरहेको देखिन्छ । तर, यसको उच्च प्रयोग भने स्वासथ्यको निम्ति हानिकारक नै मानिन्छ । तर, के यो साँच्चै हाम्रो शरीरको निम्ति बेफाइदाजनक छ त?

बेकिङ सोडा बेक गरेर मात्र नभई विभिन्न अन्य तरिकाबाट पनि प्रयोग गर्ने उपायहरु छन् । यसलाई हामीले प्राकृतिक क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सक्छौ । अझ यसका कपाल, छाला तथा शरीरको निम्ति अन्य ७ फाइदाहरु समेत रहेका छन् । जसलाई हामीले ब्युटी प्रोडक्टको रुपमा प्रयोग गर्न सक्छौं ।

१. पेट पोल्ने समस्याको औषधि
पेट पोल्ने समस्या भएका व्यक्तिहरुमा छाती भित्र चस्किने वा पोल्ने समस्या रहन्छ । ‘रिफक्स’ भनिने यस एसिडले व्यक्तिको पेटबाट सुरु भै घाँटी तथा मुटुमा समेत प्रभाव पार्दछ । लामो समयसम्मको पेट पोल्ने समस्याले कालान्तारमा गै व्यक्तिको आहारा नलीमा समेत असर पु¥याउने खतरा रहन्छ । अझ मसालेदार तथा हेभी खाना खाएको खण्डमा यसले पीडालाई झन बढी बढाउन मद्दत गर्दछ ।

तर, बेकिङ सोडाको प्रयोगले भने उक्त पीडाबाट टाढा रहन मद्दत गर्दछ । एक गिलास चिसो पानीमा एक चम्चा सोडा घोलेर खानाले यसले पेट हल्का फुलाई शरीरबाट अनावश्यक ग्यास बाहिर फाल्नमा मद्दत गर्छ । जसकारण पेट पोल्ने समस्या अलिकति मात्रै भए पनि कम हुन जान्छ ।

२. ताजा श्वास र सेतो दाँत
बेकिङ सोडालाई मुखको निमित्त अति उचित तत्वको रुपमा लिइन्छ । अध्ययनकाअनुसार साधारण मञ्जनको तुलनमा बेकिङ सोडा मिश्रित मञ्जनले दाँतको प्लेकलाई कम गर्दै सेतो बनाउनमा मद्दत गर्दछ । तर, यसो भन्दैमा यसको फाइदा लिनको निम्ति बेकिङ सोडा भएको मञ्जन नै किनिरहने भने झन्झट गर्नुपर्दैन । यसको निम्ति आफ्नो घरमा भएको मञ्जनमा नै अलिकति बेकिङ सोडाले ब्रस गर्नुअघि दाँत मोल्नुपर्छ ।

यसैगरि बेकिङ सोडा ब्याक्टेरिया तथा सुक्ष्म–जिवाणुहरु विरुद्ध लड्दै उपयुक्त माउथवासको रुपमा पनि सावित भएको छ । आधा गिलास पानीमा आधा चिया चम्चा बेकिङ सोडा घोलेर मुखको सबै भागमा पुग्ने गरी मुख कुल्ला गर्नाले यसले तपाईको श्वासलाई ताजा बनाएर राख्न मद्दत गर्दछ । यो उपाय हामीले ब्रस गर्न बिर्सिदा वा मुखको दुर्गन्ध फैलिएको समयमा पनि अपनाउन सकिन्छ ।

३. केन्कर घाउको औषधि
मुखमा आउने स–साना घाउहरुले अपत्यारिलो पीडा दिने गर्दछ । यो विशेषगरी मुखको भित्री भाग (ओठमाथि बाहेक) वरपर आउने गर्छ । यो कुनै पनि संक्रामक तथा बढी लिप्त भएका खानाका कारण देखा नपर्ने भएकोले यो कालान्तरमा गएर आफै निको हुन्छ । तर, निको नभएसम्म ती घाउहरुले भने अत्याधिक पीडा दिने गर्दछ ।

यस्ता केन्कर घाउको यस्तो समस्या देखा परेको छ भने माथि उल्लेखित गरे झै आधा चिया चम्चा बेकिङ सोडा आधा गिलास पानीमा घोलेर मुख कुल्ला गर्नाले यसले घाउको दुखाइ कम गराउँछ नै सँगसँगै घाउ छिटो निको पार्न पनि सघाउ पु¥याउँछ ।

४. दुर्गन्ध हटाउनको निम्ति पनि प्रयोग गर्न सकिने
यसले दुर्गन्धलाई सोस्ने काम पनि गर्छ । यसमा सुक्ष्म जिवाणुको नाश गर्ने शक्ति पनि भएकोले बाथरुम तथा फ्रिजहरुबाट आउने दुर्गन्धलाई यसले सजिलै तान्ने वा सोस्ने गर्दछ ।

यसैगरी हामीले याद गरेको हुनुपर्छ केही व्यक्तिहरुको शरीरबाट पसिनाका कारण अत्याधिक दुर्गन्ध आउने गर्छ । जब जिवाणुले हाम्रो छालामा प्रवेश गर्छ, तब शरीरबाट यस्ता दुर्गन्ध फैलने गर्छ । तसर्थ त्यस्ता ब्यक्तिहरुको निम्ति पनि बेकिङ सोडा उपयुक्त मानिन्छ । काखीमुनि केहि मात्रा सोडाको प्रयोग गर्नाले भने उक्त दुर्गन्धलाई केहि हदसम्म कम गर्न मद्दत गर्छ ।

५. वर्कआउटको निम्ति उपयुक्त
बेकिङ सोडा खेलप्रेमी समूहको भिडभाडमा निकै लोकप्रिय रहेको देखिन्छ । केहि अध्ययनअनुसार बेकिङ सोडाले व्यक्तिलाई
विशेषगरी उच्चस्तरको प्रस्तुती दिनको निम्ति मद्दत गर्छ । यस्ता किसिमको कसरतको समयमा शरीरले ल्याटिक एसिड उत्पादन गर्दछ । कडा कसरतको क्रममा ल्याटिक एसिडले शरीरमा गर्मी पैदा गर्छ । यसले शरीरको कोषिकाहरुमा पिएचको उत्पादनलाई घटाउँछ, जसकारण हामी हामीलाई थकानको महसुस हुन्छ । तर, बेकिङ सोडाले भने पिएचको मात्रा बढाउँछ । जसले ल्याटिक एसिड विरुद्ध लड्ने क्षमतामा समेत वृद्धि गराउँछ । र, थकानलाई टाढा राख्न मद्दत गर्छ ।


६. चिलाउने तथा घामबाट डढेको छालाको उपचार

बेकिङ सोडा प्रायजसो छालाको अधिकांश समस्या निम्ति उपयुक्त मानिन्छ । विशेषगरी यो लामो समयसम्मको छाला चिलाउने समस्या तथा विभिन्न किराहरुको टोकाइबाट देखा पर्ने खटिराहरुको उपचारको निम्ति उपयुक्त रहेको छ । यसको निमित्त सोडा र पानीको पेस्ट बनाइ समस्या देखा परेको छालाको वरिपरी भागमा लगाउन सकिन्छ ।

यसैगरी घामले डढेको भाग वरपर छोप्ने गरी न्यानो पारेर सोडाको पेस्ट लगाएर ३० मिनेट छोड्नुपर्छ । उक्त बेकिङ सोडामा मकै तथा गहुँको पिठोको मिसाउदा घामले डढेको भागमा अझ बढी फाइदा हुने केही तथ्यहरुले बताएका छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ