२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यललितपुरको बुङमतीमा १८ शंकास्पद दादुरा संक्रमित

ललितपुरको बुङमतीमा १८ शंकास्पद दादुरा संक्रमित


काठमाडौं-ललितपुरको बुङमतीमा दादुराका १८ नयाँ शंकास्पद संक्रमित भेटिएका छन् । बुङमतीमा रहेको एक इटाभट्टा क्षेत्रमा बस्दै अएका वालवालिकामा त्यस्तो संक्रमण देखिएको हो ।

संक्रमित १८ मध्ये ८ जना गम्भीर बिरामी भएर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा भर्ना भएका थिए भने बाँकी १० जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको थियो । गम्भीर समस्या भएका ८ जना उपचारपछि घर फर्किसकेका छन् । दादुराको आउटव्रेक भएको आशंका भएसँगै शंकास्पद सबैको पिसाव र रगत ल्याव परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए ।

‘संकास्पद व्यक्ति पाइएपछि विश्व स्वास्थ्य संगठनको टोलीसहित बुङमती गएर नमुना ल्याइएको छ,’ उनले भने ‘ल्यावबाट रिपोर्ट आउन एक दुई दिन लाग्ला ।’ दादुरा आशंका गरिएका १८ मध्ये ९ बालक र ९ बालिका रहेका छन् ।

एकै स्थानमा धेरै जनामा दादुरा आशंका भएपछि सो क्षेत्रमा ७५ जनालाई थप रुवेला दादुराको खोप दिइएको छ यस वर्ष अभियानसँगै दादुरा रुवेलाका संक्रमितहरुको खोज पड्ताल पनि सँगै गरिरहेको डा. शर्माले बताए ।

पछिल्लो समय धादिङको वेनिघाटमा ३ जनामा यसको संक्रमण भेटिएको थियो । त्यसअघि पनि त्यही ठाउँमा दादुराका बिरामी भेटिएका थिए । दादुराबाट प्रत्येक वर्ष संक्रमित हुनेहरुको संख्या बढेसँगै सरकारले विशेष खोप अभियान सुरु गरेको हो । सरकारको तथ्यांकअनुसार सन् २०१६ मा १ सय जनामा देखीएको दादुरा ०१७ मा २ सयमा पुगेको थियो ।

२०१८ मा यो बढेर ४ सय ३० जनामा संक्रमण देखिएको थियो । दादुराका १ जना संक्रमितले १६ जनासम्म सार्ने विश्वस्वास्थ्य संगठनले जनाउँदै आएको छ ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ