गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? डा. सुरजकुमार गुप्ता दम तथा छात्ती रोग विशेषज्ञ | नर्भिक अस्पताल, थापाथली बुधबार, २०७७ पुस १ गते, १०:२८ मा प्रकाशित सीओपीडीअर्थात् क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले फोक्सोमा, श्वासप्रश्वासमा अवरोध सिर्जना गरिरहेको हुन्छ । यो रोग लागिसकेपछि मानिसहरुमा श्वासप्रश्वासमा समस्या आउन्छ । यसले क्रमसः बिरामीको फोक्सो बिग्रार्दै लैजान्छ । नेपालमा सीओपीडी हुनुमा धुवाँ, वायु प्रदुषण, धुम्रपान र वंशाणुगत गुणहरुले प्रभाव पारिरहेको आवस्था छ । नेपालमा प्रायः दाउरामा खाना पकाउने हुनाले पनि सिओपिडीको समस्या दिन प्रतिदिन बढिरहेको छ । बिरामीले धुलो धुवासँग लामो समयमा बस्नाले फोक्सोका नलीहरु साँगुरिने हुन्छन् । सीओपीडीलाई पनि रोकथाम गर्न सकिन्छ । यसका लागि मानिसहरुले वायु प्रदुषणबाट बच्नुपर्छ । र, धुम्रपानलाई त्याग्नु पर्दछ । सीओपीडीमा मुख्यतयाः मानिसमा स्वाँ—स्वाँ हुने खकार निस्कने र खोकी लाग्ने हुन्छ । सीओपीडीले बिरामीलाई निकै दुःख दिएको अवस्थामा औषधि दिने र खोपहरु लागाउनु पर्दछ । धेरै नै गाह्रो भएको अवस्थामा अस्पतालमा नै भर्ना भएर उपचार गर्न आवश्यक देखिन्छ । सीओपिडीका लक्षणहरु छिटो—छिटो सास फेर्ने, कसरत गरेको बेलामा अलि बढी हुने खोकी र खकारसँगै आउने र सजिलोसँग निको नहुने छातीमा संक्रमण हुने लगातार घाटीमा खसखस हुने, छाती दुख्ने हरेक राती खकार निस्कने लगातार रुघाखोकी अन्य श्वास सम्बन्धी समस्या हुने कमजोर महसुस हुने श्वास फेर्दा छात्तीबाट घ्वार—घ्वार आवाज आउने सुरु–सुरुमा यस्तो लक्षण हप्ता वा अझै लामो अन्तरालमा एक पटक हुने गर्छ । रोग जटिल हुँदैं गएको खण्डमा दिनहुँजस्तो समस्या आइपर्छ । घ्वार–घ्वारजस्तै खोकी र श्वास फेर्दा सुसेल्न खोजेजस्तो आवाज आउन सक्छ । सुख्खा खोकीको समस्या दिउँसोमा भन्दा विहान र साँझ बितेपछि बढी देखिन्छ । कसै—कसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ । दम एलर्जीको कारणबाट सिर्जित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्यु आइरहने पनि हुन सक्छ । छात्ती कस्सिएजस्तो वा केही कुराले थिचिराखेजस्तो हुने, लामो श्वास तान्न खोज्दा र श्वास फाल्न खोज्दा बढ्दा गाह्रो हुन्छ । सिओपिडीका कारण अधिकांश बिरामीमा चुरोट सेवनबाट यो रोग लाग्दछ । घरमा दाउराबाट र वायु प्रदुषणबाट यो रोग लाग्छ । जोखिमहरु अत्याधिक चुरोट सेवन गर्नाले र चुरोट सेवन गर्नेको नजिक बसेमा धुलो र रसायनिक धुलोमा काम गरेमा इन्धनको धुवाबाट नजिक बसेमा सीओपीडीबाट कसरी बच्ने वायु प्रदुषणबाट बच्ने कार्यस्थलमा भएका रसायनिक टाढा रहने स्वस्थ जीवनशैली उपनाउने धुम्रपान नगर्न र टाढा रहने सीओपीडीको उपचार पद्धति सीओपीडीकाे अवस्था पूर्ण रुपमा उपचार छैन । तर, यसलाई रोकथाम गर्ने र लक्षणलाई रोकथाम गर्न धुम्रपान नगर्ने । औषधि प्रयोग अक्सिजन थेरापी सर्जरी वा फोक्सो प्रत्यारोपण नेबुलाइभर लिने जहिले डाक्टरको सम्पर्कमा रहने र उपचार गर्ने । ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षणको आधारमा रोगको निदान गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ल्याब टेस्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ । सम्भव छ भने ‘पल्मोनरी फङ्न टेष्ट’ पीएफटी ९क्उष्चयmभतचथ त्भकत० गरेर यो रोगको निदान गर्न सकिन्छ । विशेषतः पीएफटी गर्दाको औषधिले श्वासको प्रवाहमा सुधार भएको देखिएमा दम रोगको निदान गर्न सजिलो हुन्छ । रगतमा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ । कहिलेकहिँ छाती एक्स–रे तथा सीटी स्क्यान पनि गर्नुपर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिमका परिवर्तनहरु देखिन सक्छन् । क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी… डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी… क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति डा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी… के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम… डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’