गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? डा. सुरजकुमार गुप्ता दम तथा छात्ती रोग विशेषज्ञ | नर्भिक अस्पताल, थापाथली बुधबार, २०७७ पुस १ गते, १०:२८ मा प्रकाशित सीओपीडीअर्थात् क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले फोक्सोमा, श्वासप्रश्वासमा अवरोध सिर्जना गरिरहेको हुन्छ । यो रोग लागिसकेपछि मानिसहरुमा श्वासप्रश्वासमा समस्या आउन्छ । यसले क्रमसः बिरामीको फोक्सो बिग्रार्दै लैजान्छ । नेपालमा सीओपीडी हुनुमा धुवाँ, वायु प्रदुषण, धुम्रपान र वंशाणुगत गुणहरुले प्रभाव पारिरहेको आवस्था छ । नेपालमा प्रायः दाउरामा खाना पकाउने हुनाले पनि सिओपिडीको समस्या दिन प्रतिदिन बढिरहेको छ । बिरामीले धुलो धुवासँग लामो समयमा बस्नाले फोक्सोका नलीहरु साँगुरिने हुन्छन् । सीओपीडीलाई पनि रोकथाम गर्न सकिन्छ । यसका लागि मानिसहरुले वायु प्रदुषणबाट बच्नुपर्छ । र, धुम्रपानलाई त्याग्नु पर्दछ । सीओपीडीमा मुख्यतयाः मानिसमा स्वाँ—स्वाँ हुने खकार निस्कने र खोकी लाग्ने हुन्छ । सीओपीडीले बिरामीलाई निकै दुःख दिएको अवस्थामा औषधि दिने र खोपहरु लागाउनु पर्दछ । धेरै नै गाह्रो भएको अवस्थामा अस्पतालमा नै भर्ना भएर उपचार गर्न आवश्यक देखिन्छ । सीओपिडीका लक्षणहरु छिटो—छिटो सास फेर्ने, कसरत गरेको बेलामा अलि बढी हुने खोकी र खकारसँगै आउने र सजिलोसँग निको नहुने छातीमा संक्रमण हुने लगातार घाटीमा खसखस हुने, छाती दुख्ने हरेक राती खकार निस्कने लगातार रुघाखोकी अन्य श्वास सम्बन्धी समस्या हुने कमजोर महसुस हुने श्वास फेर्दा छात्तीबाट घ्वार—घ्वार आवाज आउने सुरु–सुरुमा यस्तो लक्षण हप्ता वा अझै लामो अन्तरालमा एक पटक हुने गर्छ । रोग जटिल हुँदैं गएको खण्डमा दिनहुँजस्तो समस्या आइपर्छ । घ्वार–घ्वारजस्तै खोकी र श्वास फेर्दा सुसेल्न खोजेजस्तो आवाज आउन सक्छ । सुख्खा खोकीको समस्या दिउँसोमा भन्दा विहान र साँझ बितेपछि बढी देखिन्छ । कसै—कसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ । दम एलर्जीको कारणबाट सिर्जित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्यु आइरहने पनि हुन सक्छ । छात्ती कस्सिएजस्तो वा केही कुराले थिचिराखेजस्तो हुने, लामो श्वास तान्न खोज्दा र श्वास फाल्न खोज्दा बढ्दा गाह्रो हुन्छ । सिओपिडीका कारण अधिकांश बिरामीमा चुरोट सेवनबाट यो रोग लाग्दछ । घरमा दाउराबाट र वायु प्रदुषणबाट यो रोग लाग्छ । जोखिमहरु अत्याधिक चुरोट सेवन गर्नाले र चुरोट सेवन गर्नेको नजिक बसेमा धुलो र रसायनिक धुलोमा काम गरेमा इन्धनको धुवाबाट नजिक बसेमा सीओपीडीबाट कसरी बच्ने वायु प्रदुषणबाट बच्ने कार्यस्थलमा भएका रसायनिक टाढा रहने स्वस्थ जीवनशैली उपनाउने धुम्रपान नगर्न र टाढा रहने सीओपीडीको उपचार पद्धति सीओपीडीकाे अवस्था पूर्ण रुपमा उपचार छैन । तर, यसलाई रोकथाम गर्ने र लक्षणलाई रोकथाम गर्न धुम्रपान नगर्ने । औषधि प्रयोग अक्सिजन थेरापी सर्जरी वा फोक्सो प्रत्यारोपण नेबुलाइभर लिने जहिले डाक्टरको सम्पर्कमा रहने र उपचार गर्ने । ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षणको आधारमा रोगको निदान गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ल्याब टेस्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ । सम्भव छ भने ‘पल्मोनरी फङ्न टेष्ट’ पीएफटी ९क्उष्चयmभतचथ त्भकत० गरेर यो रोगको निदान गर्न सकिन्छ । विशेषतः पीएफटी गर्दाको औषधिले श्वासको प्रवाहमा सुधार भएको देखिएमा दम रोगको निदान गर्न सजिलो हुन्छ । रगतमा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ । कहिलेकहिँ छाती एक्स–रे तथा सीटी स्क्यान पनि गर्नुपर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिमका परिवर्तनहरु देखिन सक्छन् । क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ… बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति TFN ट्रेण्डिङ हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था खारेज भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था खारेज भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि