२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिटामिन बि–६ र बि–१२ को अधिक प्रयोगले हिप फ्याक्चरको जोखिमः अध्ययन

भिटामिन बि–६ र बि–१२ को अधिक प्रयोगले हिप फ्याक्चरको जोखिमः अध्ययन


भिटामिनको उचित प्रयोगले मानिसलाई स्वस्थ्य बनाउनुको साथै बिभिन्न रोगबाट जोगाउछ । तर, कुनै ब्यक्तिले आवश्यकताभन्दा बढी मात्रामा प्रयोग गरेको भिटामिन उनीहरुको स्वास्थ्यको निम्ति खतरा हुन सक्ने एक अध्ययनले निस्कर्ष निकालेको छ । भिटामिन बि–६ र बि–१२ को प्रयोग र त्यसको शरिरमा अशर बारेमा गरिएको अध्ययनले यस्तो निस्कर्ष निकालेको हो ।

‘जामा नेटवर्क ओपन’ नामक पत्रिकामा प्रकाशित विवरण अनुसार रज्वस्वला रोकिएका ७५ हजार ८ सय ६४ महिलामा सो अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताको समूहले अध्ययनको निम्ति २० वर्ष लगाएका थिए ।

उनीहरुले सहभागीको आहारा, पोषण र त्यसको पूरकबारे अध्ययन गरेका थिए । यसै क्रममा उनीहरुले सहभागी महिलाको मनोरन्जन विधि, गतिविधि, औषधी सेवन, धुम्रपान सेवन गर्ने आदत तथा बडी मास इन्डेक्सलाई समेत गहिरोसँग निहालेका थिए ।

अध्ययनका क्रममा २३ सयभन्दा बढी हिप फ्याक्चरका केसहरु दर्ता भएका थिए । त्यसमध्ये कुनै पनि केसहरु आस्कमिक उपचार वा दुर्घटनासँग सम्बन्धित नरहेको मेडिकल न्यूजले जनाएको छ । हिपसम्बन्धि समस्या भएका महिलाले भिटामिन बीको उच्चतम् प्रयोग गरेको पाइएको थियो । भिटामिन बि–६ र बि–१२ को अधिक प्रयोग गर्ने महिलामा हिपसम्बन्धि समस्याको सम्भावना अन्य महिलाहरुको तुलनामा ५० प्रतिशत बढी पाइएको थियो ।

अनुसन्धाकर्ताका अनुसार, भिटामिन बी को समुचित प्रयोग स्वास्थ्यको दृष्टिकोणले उचित हुन्छ । तर, यसको अधिक प्रयोगले शरीरमा समस्या देखिन्छ । भिटामिनको हाई डोजका कारण शरीरको नशा तथा मांसपेशीको टोनमा असर गर्छ र यसले हड्डीलाई कमजोर बनाउछ । अध्ययनमा सहभागी महिलाले रोगको सिकार भएपछि मात्रै त्यसबारे थाहा पाएका थिए ।

अनुसन्धानकर्ताहरुले शरीरलाई आवश्यक पर्ने भिटामिनको मात्रै प्रयोग गर्न सुझाव दिएका छन् । यद्यपी, उनीहरुले यो अनुसन्धान प्रारम्भिक भएको भन्दै यसबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ