गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ चाडपर्वमा हुने ट्रमामा कसरी गर्ने केयर चाडपर्वमा हुने ट्रमामा कसरी गर्ने केयर डा.दिपेन्द्र पाण्डे अर्थोपेडिक सर्जन | कोशी अस्पताल शनिबार, २०८० कात्तिक २५ गते, ११:४९ मा प्रकाशित तिहारको समयमा धेरै बच्चाहरु पिङबाट लडेर घाइते हुने गरेका छन् । सहर बजारमा चंगा उडाउँदा बालबालिका घरको कौशीबाट समेत लड्छन् । पिङ खेलेर प्रायः हात भाँचिनुका साथै अन्य चोटपटक पनि लाग्न सक्छ । कौशीबाट लड्दा टाउकोमा चोट (हेड इन्जुरी) लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै युवायुवती र ठूला मानिसहरु मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनामा पर्ने गर्छन् । यो समयमा धेरै मानिस मदिराको नशामा झगडा गरी घाइते समेत हुने गरेका छन् । हरेक वर्ष तिहारको बेला राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटनाका यस्ता घटना बढी नै आउने गर्छ । चाडपर्वको समयमा धेरैजसो स्वास्थ्य संस्था प्रायः बन्द हुने हुँदा यस्ता दुर्घटना भएमा प्राथमिक उपचारमा विशेष ध्यान दिनुपर्छ । प्राथमिक उपचार विधिहरु भाँचिएको हात/खुट्टा चलाउनु हुँदैन । भाँचिएको हातखुट्टामा काम्रो (व्याण्डेज) बाँध्नुपर्छ । त्यसो गर्न नसकिएमा काठका टुक्रा वा अन्य केहिले सपोर्ट दिनुपर्छ । घाउ लागेर रगत बगेको छ भने सफा र मनतातो पानीले पखाल्नुपर्छ । रगत बग्न नदिन सफा कपडाले बाँध्नुपर्छ । जति सक्दो छिटो स्वास्थ्य संस्था पु¥याउनुपर्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज