२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचाडपर्वमा हुने ट्रमामा कसरी गर्ने केयर

चाडपर्वमा हुने ट्रमामा कसरी गर्ने केयर


तिहारको समयमा धेरै बच्चाहरु पिङबाट लडेर घाइते हुने गरेका छन् । सहर बजारमा चंगा उडाउँदा बालबालिका घरको कौशीबाट समेत लड्छन् ।

पिङ खेलेर प्रायः हात भाँचिनुका साथै अन्य चोटपटक पनि लाग्न सक्छ ।  कौशीबाट लड्दा टाउकोमा चोट (हेड इन्जुरी) लाग्ने सम्भावना बढी हुन्छ ।

त्यस्तै युवायुवती र ठूला मानिसहरु मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनामा पर्ने गर्छन् । यो समयमा धेरै मानिस मदिराको नशामा झगडा गरी घाइते समेत हुने गरेका छन् ।

हरेक वर्ष तिहारको बेला राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटनाका यस्ता घटना बढी नै आउने गर्छ । चाडपर्वको समयमा धेरैजसो स्वास्थ्य संस्था प्रायः बन्द हुने हुँदा यस्ता दुर्घटना भएमा प्राथमिक उपचारमा विशेष ध्यान दिनुपर्छ ।

प्राथमिक उपचार विधिहरु

  • भाँचिएको हात/खुट्टा चलाउनु हुँदैन ।
  • भाँचिएको हातखुट्टामा काम्रो (व्याण्डेज) बाँध्नुपर्छ । त्यसो गर्न नसकिएमा काठका टुक्रा वा अन्य केहिले सपोर्ट दिनुपर्छ ।
  • घाउ लागेर रगत बगेको छ भने सफा र मनतातो पानीले पखाल्नुपर्छ । रगत बग्न नदिन सफा कपडाले बाँध्नुपर्छ ।
  • जति सक्दो छिटो स्वास्थ्य संस्था पु¥याउनुपर्छ ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ