२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोग१ सय १३ ब्यक्तिमा इन्फ्लुएन्जा ए–एच१एन१ प्रमाणित

१ सय १३ ब्यक्तिमा इन्फ्लुएन्जा ए–एच१एन१ प्रमाणित


काठमाडौं—राजधानीलगायत देशभर एक हप्तामा १ सय १३ ब्यक्तिमा प्रयोगशाला प्रमाणित मौसमी रुघाखोकी देखिएको छ । कतिपय चिकित्सकहरुले यसलाई स्वाइन फ्लु अर्थात मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच१एन१’ पिडिएम ०९ भन्ने गरेका छन् ।

गत वर्षको तुलनामा भने यस हप्ता केही कमी हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. समीरकुमार अधिकारीका अनुसार २०१८ को यही हप्ता १ सय ६५ ब्यक्तिमा ‘इन्फ्लुएन्जा ए–एच१एन१’ प्रमाणित भएको थियो । यो मौसमी रुघाखोकीको समय हो ।

महाशाखाका अनुसार मोरङमा ११, काठमाडौंमा ९, ललितपुर ७, पाल्पा ६, रुकुम पश्चिम ६ साथै अन्य विभिन्न जिल्लामा देखिएको छ । अधिकारीले गत वर्षको अनुपातमा धेरै बढेको नदेखिए पनि सरकार तयारी अवस्थामा बसेको बताए ।

इन्फ्लुएन्जा एक संक्रामक रोग

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘इन्फ्लुएन्जा एक संक्रामक भाइरल रोग हो, यो टाइप ए भाइरसका कारणले हुन्छ ।’ उनका अनुसार भाइरस शरीरमा प्रदूषित हावालाई श्वासका माध्यमले भित्र जाँदा वा कुनै प्रदूषित वस्तुलाई छोई आँखा, नाक र मुखलाई छोएको खण्डमा शरीरभित्र प्रवेश गर्छ ।

चिकित्सकहरुका अनुसार मौसमी रुघाखोकीको लक्षण निकै कडा हुन्छ । एक सय चार डिग्री वा त्यसभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने, अल्छी लाग्नु र कमजोरिपनाजस्ता समस्या हुनु यसका लक्षण हुन । डा. पुनका अनुसार कतिपय बिरामीले वान्ता हुनुका साथै पखाला समेत लाग्नेगर्छ ।

जोखिममा रहेका समूह

चिकित्सकहरूका अनुसार दम, श्वासप्रश्वास रोगको समस्या भएकालाई मौसमी रुघाखोकीको संक्रमण बढी हुन्छ । मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका पनि संक्रमणको उच्च जोखिममा पर्छन ।

गर्भवती, वृद्धवृद्धा, ५ वर्षमुनिका बालवालिका यसबाट जोगिनु पर्छ । त्यसैगरी अंग प्रत्यारोपण गराएका, एचआईभी एड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएका, क्यान्सरको उपचार गराइरहेकाहरू उच्च जोखिममा पर्ने गरेका छन् ।

जोगिने तरिका

चिकित्सकहरुका अनुसार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । खोक्नु वा हाच्छिउँ गर्नुअघि रुमालले मुख छोप्नुपर्छ । प्रयोगमा ल्याएको रुमाल तातो पानीमा छोएर सुकाउनुपर्छ । जसले गर्दा संक्रमित किटाणु मर्छ । संक्रमित व्यक्तिले जमघटमा जानु हँुदैन । ठिक नहुदासम्म आराम गर्नुपर्छ ।

लक्षण

  • अत्याधिक ज्वरो आउनु
  • वान्तासहित पखाला लाग्नु
  • घाँटी खसखसाउनुे क्रम बढ्दैं जानु
  • टाउको धेरै दुख्ने, शरीरका मांसपेसी दुख्नु साथै अत्यधिक थकाइ लाग्नु
  • सामान्य रुघाखोकीमा जस्तो नाकबाट पातलो पानी बग्नु
  • हाच्छिउँ आउनु, खोकी लाग्नु यसका लक्षण हुन् ।

क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ