२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा किन दुख्छ घुँडा ? यसबाट कसरी बच्ने ?

जाडोमा किन दुख्छ घुँडा ? यसबाट कसरी बच्ने ?


घुँडा दुख्ने रोग प्राय मानिसमा हुने आम समस्या हो। हाम्रो सम्पूर्ण शरीरको वजन घुँडाले लिएको हुने हुँदा यसको जोर्नी खपत बढी हुन्छ। जसले गर्दा प्रायलाई यो समस्या देखिएको हुन्छ।

जाडोयाम अर्थात चिसो मौसम सुरु भैसकेको छ । मौसम चिसो भएको बेलामा त झनै बढी दुखाइ हुने हुन्छ। किनभने यो समयमा शारीरिक व्ययामको कमी हुने हुन्छ। त्यसबाहेक गर्मी महिनामा भन्दा जाडो महिनामा रक्तसंचार प्रवाह सुस्त हुन्छ। जसकारण यस्ता जोर्नी दुख्ने समस्या बढी हुन्छ।

हामीले प्रकृतीलाई बुझ्नु पर्ने हुन्छ। जाडोमा मांसपेसी कक्रक परेको हुन्छ। तापक्रमको सन्तुलनमा पनि घटबढ हुन्छ। जसले गर्दा शरीरको जोर्नीहरू बढी दुख्ने हुन्छ।

यसबाट जोगिने उपाय

  • न्यानो लुगा लगाउने,
  • बाइकजस्ता साधन चड्ने व्यक्तिले मफलर, स्काफको प्रयोग गर्ने,
  • घरमा भएको आयुर्वेदिक तेलहरु दिनमा एकपटक लाउने,
  • कोठालाई न्यायो बनाउने,
  • घरमै हुँदा पनि शारीरिक कसरत गर्ने बानी गरेमा केहि हदसम्म घुँडा दुखाइ कम गर्न सकिन्छ।

उपचार विधि..

माथि उल्लेखित घरेलु उपचारबाट पनि सम्भव नभएमा चिकित्सकको सल्लाह लिन आवश्यक छ। बिरामीलाई पहिला के कारणले घुँडा दुखेको हो पत्ता लगाउनुपर्ने हुन्छ। यसको पत्ता लगाइसकेपछि अकुपञ्चर र फिजियो थेरापीबाट उपचार गर्न सकिन्छ।

अकुपञ्चर विधिबाट उपचार गरिँदै

अकुपञ्चर विधिले दुखाइ कम गर्ने र रक्तसंचार गराउन महत्वपूर्ण भूमिका खेल्छ। यस्तै, फिजियो थेरापीबाट दुखाइ कम गर्ने र मांसपेसी बलियो बनाउने गर्छ। जसले राहत दिनुको साथै पछि पनि दुखाइ दोहोरिने समस्या कम हुन्छ।

जाडोले नै दुखेको बिरामीलाई आयुर्वेदिक पन्चक्रमअन्तर्गतको वस्ती अर्थात मालिस गर्ने तेलको प्रयोग गर्न सकिन्छ। यो जोर्नीहरुमा लगाउँदा  चिसोलाई हटाएर तातो बनाउन सकिन्छ । यो प्राकृतिक रुपबाटै ठिक गराउने पद्दति हो। यो विधिबाट अप्रेसन नै गर्न पर्ने बिरामीहरुलाई पनि प्राकृतिक रुपमा ठिक भएका केसहरु पनि छन्।

खानपानमा पनि ध्यान दिन जरुरी :-

  • खानपानले पनि धेरै प्रभाव पार्ने भएकोले विशेष ध्यान दिनुपर्छ।
  • जाडोमा तातो हुने सुप, हनी, दालको सुपहरु खानुपर्दछ।
  • मनतातो पानी अत्याधिक खाने ।
  • बाथ रोग भएका बिरामीले रातो मासु, गालेको अचारहरुबाट टाढा रहने गर्नुपर्छ।
  • गुंडाको चिप्लोपन कम हुने बिरामीले गुल्क्सामाइन सप्लिमेन्टको रुपमा खान सकिन्छ।

क्याटेगोरी : जनस्वास्थ्य, सर्ने/नसर्ने रोग, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ