२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचिसोमा कम्मर दुखाइबाट कसरी बच्ने ?

चिसोमा कम्मर दुखाइबाट कसरी बच्ने ?


कम्मर दुख्नु कुनै रोग हैन। तर, यो आज यो समस्या सामान्य जस्तै भैसकेको छ। युवादेखि वृद्धवृद्धामा समेत यो समस्या देखिन थालेको छ । भागदौड, व्यस्त जीवनशैली, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि अहिले सबैमा कम्मर दुख्ने समस्या बढिरहेको पाइन्छ ।

कम्मरका वरिपरिका मांसपेसी, मरुदण्डमा आउने समस्या, नसा च्यापिने समस्या लगायतका कुराले पनि दुख्छ। धेरैजसो मानिसले चिसोको कारण कम्मर दुखेको बताउने गर्छन। तर, वैज्ञानिकरुपमा भने यसको पुष्टि भैसकेको छैन। बिरामीको अनुभवलाई हेर्दा मांसपेसीको कारण दुखेको कम्मरलाई भने चिसो मौसमले बढाइ दिने हुन्छ।

विशेषत मानिसहरु जाडोयाममा त्यति धेरै हिडडुल नगर्ने, कसरत नगर्ने हुँदा पनि यसको दुखाइ बढ्न सक्छ। तर, हड्डीको समस्या र नसाको समस्याले दुखिरहेको छ भने पनि चिसोले मांसपेसीहरुलाई कसिलो बनाउने, नसा च्यापिएको वा हड्डी खिइएको छ तर, प्रत्यक्षरुपमा नसा र हड्डीलाई चिसोले असर नगरे पनि त्यसका वरिपरी भएका मांसपेसीलाई चिसोले कसिलो बनाउने हुँदा हड्डीका कारणले वा अन्य कारणले कम्मर दुखाई चिसोले बढ्ने देखिन्छ। यसका लागि चिसोबाट बच्न पर्ने हुन्छ।

यी हुन् चीसोबाट बच्ने उपाय :-

  • कम्मरमा पटुका कस्ने, इलास्टिक बेल्टको प्रयोग गर्न सकिन्छ
  • शारिरीक व्यायाम गर्ने,
  • तातो बनाउने साधन र हट वाटर ब्याग प्रयोग गर्न सकिन्छ,
  • बजारमा पाइने विभिन्न तेलले मसाज गर्दा रक्त संचार बढ्छ जसले राहत दिन्छ।

यसको निदान के ?

लगातार कम्मर दुखाइ भैरहेको छ भने चिकित्सक कहाँ सम्पर्क गर्नुपर्ने हुन्छ। कम्मरमा अन्य समस्या देखिएमा चिकित्सकको सुझावमा सम्बन्धित फिजियो थेरापी, अकुपञ्चर गर्न पनि सकिन्छ। उपचार विधिमा धेरै जान नपर्ने केस भएको खण्डमा सौना, स्टिम बाथ, मसाजहरु र तातो सेकाइ आवश्यक अनुसार गर्न सकिन्छ। यी विधिहरु निकै प्रभावकारी हुन्छ।

खानेकुराले पनि कम्मर दुखाइ निको पार्न मद्दत पार्छ। जसमा तातोजन्य पेय पदार्थ पिउने, दुधमा बेसार प्रयोग गरी पिउन सकिन्छ। अदुवा, हनी मिसाएर तातो खानेकुरा पिउन सकिन्छ। यसबाहेक लामोसमयसम्म एकै आसनमा बसेर काम गर्न हुँदैन। यसले झनै दुखाइ बढाउछ। यस्तै, जाडो मौसममा ढिलासम्म बस्ने नसुत्ने गर्नु हुँदैन। यसले पनि चीसो शरीरमा छिटो बस्ने हुन्छ।


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य, सर्ने/नसर्ने रोग, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ