२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यविश्वभर अटिज्म दिवस मनाइदै, कस्तो रोग हो यो ? लक्षण र उपचार

विश्वभर अटिज्म दिवस मनाइदै, कस्तो रोग हो यो ? लक्षण र उपचार


आज विश्वभरमा विश्व अटिज्म जागरूकता दिवस मनाइदै छ । यो हरेक वर्ष २ अप्रिलमा मानिसको अटिज्मप्रति जागरुक गर्नको लागि मनाइन्छ। खासमा अटिज्म एक मानसिक रोग हो जसमा बच्चाको दिमाग पूरारुपले विकसित हुन पाउँदैन। अटिज्मको शुरुआती लक्षण १ देखि ३ वर्षको उमेरको बच्चामा देखिन्छ। जानौं यसको लक्षण र उपचार बारे।

अटिज्म के हो ?

विशेषज्ञका अनुसार अटिज्म एक मानसिक रोग हो। बालबालिका यस रोगबाट अत्याधिक शिकार हुन्छन। एकपटक अटिज्मको चपेटामा आउँदा बच्चामा मानिसक सन्तुलन संकुचित हुने गर्छ। यसकारण बच्चा परिवार र समाजबाट दुरी बनाउन थाल्दछ।

लक्षण-

  • १२देखि १३ महिनामा बच्चामा लक्षण देखिन थाल्छ।
  • यस विकारमा बच्चा वा व्यक्ति आँखा जुदाउन डराउँछन।
  • दोस्रो व्यक्तिको कुरा सुन्न खोज्दैनन्।
  • बोलाउँदा पनि कुनै जवाफ दिन खोज्दैनन्। अव्यवहारिक रूपले जवाफ फर्काउछन्।
  • बाबुआमाको कुरामा सहमति जताउन मान्दैनन।

सावधानि

  • तपाई तपाईको बच्चाको क्रियाकलापमा परिवर्तन ल्याउन कोशिस गर्नुहोस।
  • खानपान, रहनसहन र जीवनशैलीमा अत्याधिक ध्यान राख्नुहोस।
  • बच्चालाई संकुचित हुन् नदिने। दैनिकनयाँ मानिससँग परिचय गराउनुहोस्।
  • त्यसपछि लगातार काउन्सलिङ्गबाट बच्चाको स्वास्थ्यमा सुधार देख्न सकिन्छ।

अटिज्मका कारण

यो रोग किन हुन्छ भन्ने कुराको अहिलेसम्म स्पष्ट भएको छैन। यो दिमागको केहि भागमा भएको समस्याको कारण हुन्छ। बालिका भन्दा बढी बालकमा यसको खतरा चार गुणा हुन्छ। जेनेटिक पनि हुने गर्छ।

उपचार

यसको कुनै सटीक उपचार छैन । चिकित्सक बच्चाको अवस्था र लक्षण देखेपछि उपाचार गर्ने तय गर्छन। यसको उपचारमा बिहेभियर थेरापी, स्पीच थेरापी, अक्यूपेशनल थेरापी आदि गराइन्छ जसले बच्चामा आफ्नो भाषा बुझ्न सक्नेछन्।यी थेरापी पछि बालबालिका काफी हदसम्सम सहि हुने गर्छन। जसकारण उनीहरु अजिब व्यवहार गर्न कम गर्छन। अन्य बच्चाहरुसँग खेल्न थाल्छन।

यसरी पहिचान गर्न सकिन्छ

एक बाल-रोग विशेषज्ञ, मनोवैज्ञानिक वा विशेषज्ञ टिम व्यक्तिलाई अवलोकन गर्ने गर्छन। बच्चालाई केहि गर्न लगाउछन् जसले उसले के गर्छ हेर्न सकिन्छ। केहि साधन र निर्धारणद्वारा बच्चामा केहि मापदण्ड अनुरुप जाँच गरिन्छ। जसले अटिज्म स्पेक्ट्रम डिसअर्डर [पहिचान गर्न सकिन्छ।

  • अटिज्मबाट पीड़ि‍त बालबालिकालाई दिनुपर्ने परामर्श
  • बालबालिकालाई केहि कुरा सम्झाउन परेमा एक-एक शब्दमा भन्नुहोस।
  • उनीहरुसँग खेल्ने र समय दिने।
  • तस्विरको मद्दतले वस्तुहरु चिनाउने
  • आउटडोर खेल खेलाउने। जसले बच्चामा थोरै आत्मबल बिकास गर्छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : महिला/बाल स्वास्थ्य
ट्याग : #अटिज्म, #अटिज्मका कारण, #बालरोग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ