२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्भावस्थामा देखिने १० जटिलताहरु

गर्भावस्थामा देखिने १० जटिलताहरु


गर्भावस्थाको समयमा आमा र बच्चा दुवैको स्वास्थ्य र स्वास्थ्यको ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ।  किनभने गर्भावस्थाको समयमा स्वास्थ्यमा ध्यान नदिँदा आमालाई मात्र नभई बच्चालाई पनि असर गर्न सक्छ। गर्भावस्थामा हेरचाहलाई तीन भागमा विभाजन गरिएको छ। सबैभन्दा पहिले प्रसवपूर्व हेरचाह, गर्भावस्था र प्रसवोत्तर हेरचाहको समयमा आउँछ। यी तीनवटै हेरचाहले आमा र बच्चाको स्वस्थ जीवन सुनिश्चित गर्छन्। यी समयमा केहि महिलाको गर्भावस्थामा जटिलताहरु पनि देख्ने सम्भावना हुन्छ ।  ती के-के हुनसक्छन् ? जानौं।

१.  गर्भमा भएको बच्चा हलचल नगरेमा

  • गर्भावस्थामा हुँदा पेटमा शिशु  चल्ने गर्छन् । दैनिक १० पटकभन्दा बढी चलेको छैन भने अस्पताल जानुपर्ने हुन्छ। घरमै वास्ता नगरी बस्दा पेटमै बच्चा खेर जाने हुनसक्छ।

२. बच्चा बसेको पानीको थैलीबाट पानी बगेको अवस्था

यदि  महिलाको पाठेघरमा बच्चा खेल्ने पानीको थैलाबाट पानी  बगेको अवस्थामा तुरुन्त अस्पताल जान पर्ने हुन्छ।

३. रक्तश्राव भएको अवस्थामा

  • रक्तश्राव हुने प्रमुख कारणमा एउटा साल बस्नुपर्ने ठाउमा नभएर पनि हुन सक्छ । साल पाठेघरको तल हुँदा गर्भवतीमा रक्तश्राव हुने हुन्छ।  रक्तश्राव भैसकेको छ भने तुरुन्त अस्पताल जानुपर्ने हुन्छ।
  • गर्भवती हुँदा ३ वटा अवधि हेरिन्छ। एउटा   १२ सातासम्मको अवस्था,    १२ देखि २८ सातासम्म र त्यसपछिकोलाई तेस्रो चरणको रुपमा लिइन्छ ।सुरुवातको १२साताभित्रको समयमा रक्तश्राव हुँदा सन्तान  खेर जाने सम्भावना  हुन्छ। यसमा शुक्रकिट र विर्यको राम्रो अण्डा र नराम्रो अण्डा भएमा समस्या उत्पन्न हुन्छ । र,  थैलोमात्र बनेको हुन्छ सन्तान नबनिसकेको अवस्थामा कार्डियो क्रियाक्रलाप आउदैन। यसले जटिलता निम्त्याउछ ।

४. आकस्मिक चोटपटक लागेको अवस्था

  • गर्भवती हुँदा चिप्लिएर लडेमा र कसैले झैँझगडा हुँदा पेटमा  हानेमा साल पाठेघरबाट छुटिएको अवस्थामा जटिल हुन्छ . त्यस्तोमा भित्रभित्र रक्तस्राव हुने हुन्छ  आमाको रगत जाँदा बच्चामा रगत प्रवाह नहुने आइएफडी हुने सम्भावना हुन्छ ।

५. रक्तचाप 

  • गर्भवती हुँदा महिलामा सुगर, थाइराइड, प्रेसर देखिने गर्छ । यसको लागि नियमित जाँच गराउनु पर्छ। गर्भवती हुँदा उच्चरक्तचाप छ भने पनि गर्भपात हुने जोखिम हुन्छ।
  • उच्चरक्तचाप हुँदा आँखा धमिलो हुने, टाउको दुख्ने र रिगटा लागेको जस्तो हुन्छ भने तुरुन्त अस्पताल जानुपर्ने हुन्छ यो एक्लेन्सियाको लक्षण हो प्रेसर देखिएमा नियमित जाँच पछि औषधीले पनि निको पार्न सकिन्छ।  यदि औषधीले पनि नियन्त्रण भएको छैन भने हामीले सन्तान निकाल्ने पर्ने हुन्छ सन्तानको मात्र हैन।

६. मधुमेह 

  • गर्भवती हुँदा महिलामा मधुमेह देखिन सक्छ । पहिला नै परिवारमा मधुमेह कसैलाई भएको छ भने पनि यो अवस्थामा देखिने सम्भावना बढी हुन्छ ।  यसको पहिचानको लागि जीसीटीआई गराउनुपर्छ । यसको लागि  ५० ग्राम गुल्कोज खुवाएर  जाँच गराउनु पर्छ ।  ३ पटक ओजिटी गराउनु पर्छ । समयभन्दा बढी बच्चाको तौल बढी भएको छ भने पनि जाँच गराउनु पर्ने हुन्छ ।

७ . थाइराइड

थाइराइड छ भने पनि गर्भावस्थामा जटिलता आउने हुन्छ । थाइराइड दुई किसिमका हुन्छ, हाइपर र हाइपो। हाइपरमा थाइराइड बढ्ने गर्छ र हाइपोमा थाइराइड कम हुँदा पनि खेर जाने संभवाना हुन्छ।

हाइपो थाइराइड छ भने १२ सातासम्म आमाको थाइराइड बच्चाले लिएको हुन्छ र त्यसपछि मात्रै सन्तानले आफनो बनाउँछ । हाइपो थाइराइड छ भने महिलामा कब्जियत हुने, भोक नलाग्ने तर पनि मोटाउने जस्ता लक्षण देखिन्छन् । त्यस्तै, हाइपरमा भने महिलालाई पसिना आउने, भोक लाग्ने तर, नमोटाउने हुन्छ ।

८. जन्डिस 

जन्डिसको कारणले पनि जटिलता ल्याउँछ यसमा राति हात खुट्टा चलाउने हुन्छ। बिलोरुविनले गर्दा लिभर इन्जाइम बढ्छ र हातखुट्टा चिलाउने हुन्छ अझै रातको समयमा बढी चिलाउने  हुन्छ।  यसले पनि बच्चा खेर जाने सम्भावना बढी हुन्छ ।

९.  एप्ला सिन्ड्रोम अर्थात एन्टिफोसफोलिपिड सिन्ड्रोम

एप्ला सिन्ड्रोमले गर्भधारणमा असर पर्दा गर्भपतन हुनसक्छ। बच्चा राम्रोसँग विकसित नभइकनै जन्मन सक्छ वा मृत बच्चा पनि जन्मन सक्छन् । जुन नलीमा रगत जमाउनु पर्ने त्यो ठाउंमा नभएर अन्य ठाउँमा रगत जन्मनाले बच्चा विकास हुन पाउदैन ।

१०. पाठेघरको मुख कमजोर भएमा 

पाठेघरको मुख बलियो छैन भने पनि बच्चा खेर जाने हुन्छ। पाठेघर सानो, पाठेघरको मुख खुकुलो भएमा सन्तान अडिन सक्दैन  र पाठेघरमा संक्रमण भएमा पनि गर्भ खेर जान्छ ।  लगातार सन्तान खेर गएको छ भने आतिनुपर्ने हुन्छ यसको समाधानको लागि पारिवारिक इतिहास हेरेर मात्रै अगाडी उपचार गर्नु पर्ने हुन्छ ।

  • पहिला नै गर्भपात भैसकेको छ भने अर्को  दुई साता अघि नै प्लान गरेर शल्यक्रिया गर्ने गर्छौं। प्रसव व्यथा लाग्ने बितिकै  अप्रेशन गरेमा पाठेघर फुट्ने डर हुन्छ ।त्यसैले, पहिला थोरै समस्या देखिएमा पनि तुरुन्त अस्पताल लग्नुपर्दछ ।
  • गर्भावस्थामा रक्तस्राव हुँदा तुरन्तै अस्पताल आउँनुपर्ने हुन्छ । सुरुवातमा रक्तश्राव भैरहेको छ वा बच्चा जाने सम्भावना छ भने गर्भपतन गराइन्छ।

गर्भावस्थामा ध्यान दिनुपर्नेकुराहरु:-

  • लागुपदार्थ, रक्सी, चुरोट आदि सेवन नगर्ने ।
  • जथाभावी औषधी सेवन नगर्ने ।
  • झैझगडा, तनाव, रिस, आवेग, डर, चिन्ता कम गर्ने ।
  • गह्रौं काम नगर्ने।
  • आराम गर्ने।
  • पौष्टिक खानेकुरा बढी खाने।
  • नियमित स्वास्थ्य जाँच गर्ने ।


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ