२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यनवजात शिशुलाई भेट्दा पालना गर्नुपर्ने ७ कुरा

नवजात शिशुलाई भेट्दा पालना गर्नुपर्ने ७ कुरा


के तपाईं नवजात शिुशलाई पहिलो पटक भेट गर्दै हुनुहुन्छ ? यदि हो भने शिशुलाई भेट्नु अगाडि केही महत्वपूर्ण विषयहरुमा विचार पु¥याउनुपर्छ ।

१. शिशु जन्मेपछि ६ देखि ७ सातासम्म शिशुको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । तसर्थ, बच्चा नजिक पुग्दा वा बच्चालाई हेर्दा तपाईंको हातखुट्टा राम्रोसँग साबुन पानीले धुनुपर्छ ।

२. शिशु भेट गर्नुअघि चुरोट, बिडिलगायत सुर्तीजन्य पदार्थ उपभोग नगर्नुहोस् । यदि चुरोट पिउनु भएको छ भने मुख बेस्सरी कुल्ला गर्नुहोस् । किनकी तपाईंको मुखको गन्धले शिशुलाई असर गर्न सक्छ ।

३. बच्चालाई चुम्बन पनि नगर्नुहोस् । तपाईंको मुखमा भएको ब्याक्टेरिया शिशुमा सर्ने प्रबल सम्भावना हुन्छ ।

४. नवजातहरुलाई गन्धप्रति त्यति कडा चेतना नभएपनि शरीरमा अत्याधिक अत्तर छर्केर जाँदा शिशुलाई एलर्जी हुने भएकोले सकभर सेन्ट छरेर नजानुहोस् ।

५. नवजात शिशु र उसको परिवारलाई भेट गर्नुपूर्व तपाईं आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् । रुघाखोकी लागेको छ भने सकभर शिशुलाई नछुनुहोस् वा अस्पतालमा भेट्न नजानुहोस् ।

६. शिशुलाई भेट्दा न्यानो, सफा र सुती वा उनीको लुगा लैजानुहोस् । लुगा एक चोटी धोएर इस्त्री गरेर लगेको खण्डमा माडको एलजी कम हुन्छ । सोधेर नै उपहार दिन सकिन्छ । यदि तपाईं लुगा लिएर जाने सोच बनाउनु भएको छ भने बच्चाको छालालाई उपयुक्त हुन्छ वा हुन्न भन्ने विषयमा पनि ख्याल पुयाउनुहोस् ।

७. बच्चाको पहिलो पटक मुख हेर्दा रुपैयाँ पैसा चढाउने चलन हाम्रो समाजमा अहिले पनि विद्यमान छ । यो चलन बच्चाको स्वास्थ्यका लागि अति हानिकारक छ । किनकी रुपैयाँ पैसा भनेको निरन्तर घुमिरहने चलायमान वस्तु हो । तसर्थ, यसमा रोगका किटाणुहरु प्रशस्त हुन्छन् र नवजात शिशुको शरीरमा छुवाउँदा शिशुलाई रोगको संक्रमण हुने डर हुन्छ । तसर्थ, यो चलनलाई आजैबाट निरुत्साहित गरौं ।


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ