२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यमोनोपोज : महिनावारी चाँडो रोकिनु यी रोगको संकेत हुनसक्छ, यसरी तयार हुनुहोस्

मोनोपोज : महिनावारी चाँडो रोकिनु यी रोगको संकेत हुनसक्छ, यसरी तयार हुनुहोस्


मोनोपोज अर्थात रजोनिवृत्ति महिलाको जीवनमा धेरै शारीरिक र मानसिक समस्याहरू आउँछन। महिलाहरूले आफ्नो शरीरमा धेरै परिवर्तनहरू महशुस गर्छन् र मानसिक उतार-चढावबाट पनि गुज्र्छन्। सचेतना र पारिवारिक सहयोगले महिलाहरूलाई धेरै खतराहरूबाट बचाउन सक्छ।

मनोपोजको समयमा महिलाहरु धेरै प्रकारका शारीरिक र मानसिक समस्याहरुको सामाना गर्छन। शरीरको स्वास्थ्यको ख्याल सबैले गर्छन। तर, मानसिक स्वास्थ्यलाई बेवास्ता गरिन्छ ।महिलाहरु पहिले भन्दा चाँडै मोनोपोज हुन्छ भने यसको सबैभन्दा ठूलो कारण बदलिदो जीवनशैली हो। जीवनशैलीका कारण महिलामा मनोपोज हुनुअघि नै शारीरिक र मानसिक स्वास्थ्यमा असर परिरहेको छ ।

मोनोपोजको समस्या : महिनावारी चाँडो रोकिनु यी रोगको संकेत हुनसक्छ, यसरी तयार हुनुहोस्
मनोवैज्ञानिक तथा स्वास्थ्य सल्लाहकार नम्रता जैन भन्छिन् मोनोपोज भनेको महिनावारी बन्द हुनु मात्र होइन। यसको कारण महिलामा मोटोपना, हट फ्ल्यासेस, भेजाइनल ड्राईनेस हुने, मुड स्विङ्, डिप्रेशन, अनिद्रा, थकान, कपाल झर्ने जस्ता धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । चाँडै मोनोपोज कारण धेरै स्वास्थ्य समस्याहरू पनि उमेर भन्दा पहिले महिलाहरूलाई हुन थालेको छ। यस पछि, महिलाहरुलाई रक्तचाप, मधुमेह, बाथ जस्ता रोगहरुको अधिक जोखिम हुन्छ, त्यसैले उनीहरुले आफ्नो स्वास्थ्य को विशेष ख्याल राख्नु पर्छ।

महिनावारी रोकिएपछि महिलालाई आफू बुढ्यौली भएको महसुस हुन थाल्छ । अव्यवस्थित शरीरले उनीहरूको आत्मविश्वास कम गर्छ। यसले उनीहरुको सम्बन्धलाई पनि असर गर्छ । अनावश्यक रूपमा रिसाउने गर्दा घरको वातावरण बिगार्छ भन्ने गुनासो लिएर धेरै युवापुस्ता आउँछन् । यौन चाहनामा कमी आएका कारण श्रीमानलाको पनि गुनासो आउने अध्ययनहरुले देखाएको छ।

डिप्रेसन र चिडचिडापन मनोपोजको कारण हुने सामान्य समस्या हो। यो अव्यवस्थित मानसिक अवस्थाले महिलाको शरीर र दिमागसँगको सम्बन्धलाई पनि असर गर्छ। रजोनिवृत्तिका कारण महिलाले भोग्ने समस्याबारे जानकारी नहुँदा परिवारका सदस्यले आकस्मिक रूपमा आएको स्वभाव र क्रोधमा हुने परिवर्तनलाई राम्ररी बुझ्दैनन्, त्यसैले परिवारले यसतर्फ सचेत हुन जरुरी छ । यो अवस्थालाई परिवारले बुझेर महिलालाई साथ दियो भने रजोनिवृत्तिको समस्यालाई कम गर्न धेरै हदसम्म मद्दत पुग्छ ।

महिलाहरू रजोनिवृत्तिको लागि आफै तयार हुनुपर्छ

महिनावारीको सुरुवात जस्तै यसको अन्त्य पनि सामान्य प्रक्रिया हो भन्ने कुरा महिलाले बुझ्नुपर्छ । यसका लागि महिलाले पहिल्यै तयारी गरेमा धेरै समस्याबाट बच्न सकिन्छ । रजोनिवृत्तिमा आफूलाई स्वस्थ र फिट राख्न महिलाले यी कुरामा ध्यान दिनुपर्छ-

  • आफ्नो दैनिक दिनचर्यामा योग र व्यायाम समावेश गर्नुहोस्।
  • जंक वा प्याकेट खानाको उपभोग नगर्नुहोस् र स्वस्थ आहार लिनुहोस्।
  • आफ्नो शौकको लागि समय निकाल्नुहोस् ताकि तपाईं खुसी हुन सक्नुहुन्छ।
  • यौन इच्छा कम भएमा श्रीमानसँग कुरा गर्नुहोस्, सम्भव भए चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।
  • नकारात्मक भावनाहरूबाट बच्न, तपाईंलाई उत्प्रेरित गर्ने मानिसहरूको वरिपरि हुनुहोस्। आवश्यक भएमा मनोचिकित्सकसँग परामर्श लिनुहोस्।
  • आफ्नो शरीर र मानसिक स्थितिमा परिवर्तनहरू बारे आफ्नो परिवारलाई बताउनुहोस् ताकि उनीहरूले तपाईलाई बुझ्न र समर्थन गर्न सकून्।

-एजेन्सी


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ