२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मेसुसहित १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, पर्सामा ९२ संक्रमित थपिए

मेसुसहित १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, पर्सामा ९२ संक्रमित थपिए

मेयर र पत्रकारलाई पनि कोरोना संक्रमण


जनकपुर-पर्साको पोखरिया नगरपालिकाका मेयर, जिल्ला अस्पतालका पोखरियाका मेडिकल सुपरिटेन्डेण्टसहित ९२ जनामा कोराना संक्रमणको पुष्टि भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए ।

नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर किट्स अभाव भएपछि गत साउन २७ गते एक हजारभन्दा बढी स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि धुलिखेलमा रहेको प्रयोशालाबाट आइतबार साँझ रिपोर्ट प्राप्त भएको डा. सिंहले बताए ।

वीरगन्ज महानगरपालिकाका ३८ जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तै, पोखरिया नगरपालिकाका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा वडाध्यक्ष र एक जना पत्रकार पनि छन् ।

त्यस्तै, जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । यसैगरी, सखुवाप्रसौनीमा एक जना वडाध्यक्ष र ४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ