२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बारामा कोरोनाबाट ३३ हप्ताकी गर्भवतीको मृत्यु

बारामा कोरोनाबाट ३३ हप्ताकी गर्भवतीको मृत्यु


जनकपुर– बारामा गर्भवती महिलाको कोरोना संक्रमणका कारण मृत्यु एको छ । बारा हर्दियाकी २३ वर्षीया गर्भवती महिलाको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरासियाले बताए ।

चौरासियाका अनुसार मृत्युु भएकी महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममै महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, नारायणी अस्पतालमै आज पर्साका दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–१४ बहुअरी निवासी ६२ वर्षीय पुरुषको आज नारायणी कोरोना अस्थायी विशेष अस्पतालमा मृत्यु भएको हो ।

उनी मिर्गौलाका बिरामी रहेका थिए । उनलाई ३० साउनमा कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी, बुधबार साँझ पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको हो । ज्वरोका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । त्यहिदिन उनको स्वाब संकलन गरी पिसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ