२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीका काेराेना संक्रमितको धनुषामा मृत्यु

महोत्तरीका काेराेना संक्रमितको धनुषामा मृत्यु


जनकपुर– महोत्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भंगहा नगरपालिका– ५ का ६० वर्षीया महिलाको उपचारको क्रममा म‌ंगलबार मृत्यु भएको हो ।

मृतक महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले बताए । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या आएपछि कात्तिक २ गते अस्पतालमा भर्ना गरी स्वाब संकलन गरिएको थियो ।

उनमा ३ गते कोरोना पुष्टि भएको थियो । यो सँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ