२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विभागमा दर्ता नभएको औषधीको तस्करी

विभागमा दर्ता नभएको औषधीको तस्करी


विराटनगर– औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी भारतबाट नेपाल तस्करी हुने गरेको पाइएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट विराटनगरमा औषधी तस्करी हुने गरेको पाइएको हो ।

प्रहरीले विराटनगर –१३ जतुवा नहरबाट भारतबाट तस्करी भएको ठूलो परिमाणको औषधी शनिबार बरामद गरेको छ । अबैध रुपमा भन्सार छली गरि झोलामा बोकी ल्याउदै गरेको तीन लाख २१ हजार ४ सय २४ रुपैयाँको औषधी बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

प्रहरीले ओकेरोन, माइकोफिट, ग्यासनोल नामको औषधी बरामद गरेको हो । बरामद गरेको औषधी विभागमा दर्ता नभएको पाइएको छ । बरामद ओकेरोन औषधी अल्सर भएर बलिडिङ्ग हुँदा प्रयोग हुने चिकित्सकले बताएका छन् । प्रहरीले सबैभन्दा बढी ओकेरोन औषधी बरामद गरेको छ ।

नेपालमा भन्दा भारतमा सस्तोमा औषधी पाउने भएकोले क्यारिङमार्फत तस्करी हुने गरेको छ । यहाँका केही फर्मेशीहरूले क्यारिङ प्रयोग गरी तस्करीमार्फत औषधी ल्याउने गर्दछन् । प्रहरीले औषधी बरामद गरेपनि क्यारि गर्ने तस्करलाई भने समाएको छैन । प्रहरीलाई देखेपछि औषधी ल्याउने फरार भएको डिएसपी दाहालले बताए ।

फरार भएकाको पनि खोजी कार्य तिव्र बनाएको छ । बरामद गरेको औषधी प्रहरीले औषधी व्यवस्था कार्यालय विराटनगरमा बुझाएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ