२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा

मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा

चिठी तत्काल नबनाउन सामान्य प्रशासन मन्त्रीको निर्देशन


काठमाडौं–मधेश प्रदेशका मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आन्तरिक विवादका कारण स्वास्थ्यतर्फ ११ औं तहका एक अधिकारी कोपभाजनमा परेका छन् । केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको कोपभाजनमा परेर ४ महिना देखि फाजिलमा रहेका ११ औं तहका डा. यदुचन्द्र घिमिरेको संघीय मन्त्रिपरिषद्ले गत ८ मंसिरमा प्रदेश २ को स्वास्थ्य तथा जनसंख्या सचिवमा सरुवा गरेको थियो ।

तर, प्रदेश २ को आन्तरिक राजनीतीक टकरावका कारण उनी पुनः कोपभाजनमा परेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह बीच नयाँ सचिव ल्याउने र पूरानैलाई यथावत राख्ने भन्ने लडाइले गर्दा संघीय सरकारले गरेको निर्णय दुई हप्तादेखि कार्यन्वयन हुन सकेको छैन् ।

स्रोतकाअनुसार मुख्यमन्त्री यादव नियमअनुसार संघीय सरकारले पठाएका जोसुकै अधिकारीलाई सचिव बनाउन तयार देखिएका छन् । तर, प्रदेश स्वास्थ्य मन्त्री सिंह भने प्रदेशले नै नियुक्त गरेका बालरोग विशेषज्ञ डा. प्रमोदकुमार यादवलाई नै निरन्तरता दिन सबै बल प्रयोग गरीरहेका छन् ।

सामान्य प्रसाशन मन्त्रालय स्रोतका अनुसार आफू पनि उपस्थित मन्त्रिपरिषदले गरेको निर्णयलाई रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी पनि लागेकी छन् । उनले डा. घिमिरेको पत्र तत्काल नबनाउन सचिव र कर्मचारी प्रसाशन शाखालाई निर्देशन दिएकी छन् ।

‘मन्त्री देवीले नै अहिले पत्र नबनाउन निर्देशन दिनुभएको छ,’ सामान्य स्रोतले भन्यो, ‘मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीको लडाइ रहेछ । यता चिठी नबन्नुले स्वास्थ्यमन्त्रीको पल्लाभारी देखिएको छ ।’

मन्त्रिपरिषद्ले सरुवा गरेर मधेश प्रदेश पठाएका डा. घिमिरेले भने अहिलेसम्म सामान्य प्रशासन मन्त्रालयबाट पत्र नपाएको बताए ।

‘मन्त्रिपरिषद्बाट निर्णय भएको दुई महिना भइसक्यो,’ उनले हेल्थआवाजसँग भने, ‘दैनिक रुपमा सामान्य धाएको धाइ रहेको छु पत्र बनेको छैन किन बनेन त्यो पनि जानकारी पाएको छैन ।’

यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रशासन प्रमुख सुमन दाहालसँग सम्पर्क गर्दा उनले केही बोल्न चाहेनन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ