२०८२ असोज ५, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकिशोरीहरुको पहिलो महिनावारी उत्सव

किशोरीहरुको पहिलो महिनावारी उत्सव


 

चरिकोट—दोलखाको शैलुङ गाउँपालिकाले पहिलो पटक महिनावारी भएका किशोरीहरुको लागि उत्सव मनाउने गरिएको छ । महिनावारी हुँदा अपमान, लाज महसुुस गर्न नपरोस् भनेर गाउँपालिकाले महिनावारीलाई उत्सवको रुपमा मनाउने गरेको हो ।

महिनावारी दिवस अर्थात मे २८ मा किशोरीहरुलाई हस्तान्तरण गरिने गरी गाउँपालिकाले २ वटा पेन्टी, साबुन, रुमाल र नेलकटरसहितको झोला विद्यालयलाई दिने गरेको शैलुङ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक विष्णुबहादुर कार्कीले जानकारी दिए । पालिकाभित्रका ८ वर्षदेखि माथिका किशोरीहरुलाई उक्त सामग्री दिदैं आएको कार्कीले जानकारी दिए ।

गत वर्षदेखि सञ्चालनमा ल्याएको यो कार्यक्रम निकै प्रभावकारी भएपछि यस वर्ष पनि निरन्तरता दिएको कार्कीले जानकारी दिए । गत वर्ष पालिकाभित्रका १४ वटा स्कुलका ११२ जना किशोरीहरुलाई उक्त सामाग्री वितरण गरिएको थियो ।

विद्यालयका किशोरीहरुलाई जनचेतनामूलक कार्यक्रमको साथै महिनावारी हुँदा चाहिने आवश्यक सामाग्रीसमेत वितरण गर्दै आएको छ । यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिनलाई दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको संयोजक कार्कीले बताए । खरिद गरेको महिनावारी सामाग्री विद्यालयलाई दिने र विद्यालयले किशोरीहरुलाई दिने प्रबन्ध रहेको छ ।

पहिलो पटक महिनावारी हुँदा आफ्ना दाजुभाइको मुख हेर्न नहुने परम्परागत संस्कृति रहेको हुँदा विद्यालय जाने गर्दैनन् । महिनावारीकै कारण स्कुल नजाने समस्या देखेपछि स्वास्थ्य शाखाले यो व्यवस्था गरिएको स्वास्थ्य शाखाका हेल्थ असिष्टेन्ट अनिता न्यौपानेले जानकारी दिइन । यस अभियानलाई सफल पार्नको लागि अहिले विद्यालयमा बाल क्लव, स्कुल नर्स र स्वास्थ्य संस्थाहरुले सघाउन थालेको छ । अझैं यस खालको समस्या केही किशोरीहरुमा देखेको हुँदा कार्यक्रम र अभियान सँगसँगै लैजाने न्यौपानेले बताइन् । हाल ५ वटा विद्यालयमा मात्र स्कुल नर्सको व्यवस्था छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ