गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ तिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण तिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण बीपी गौतम बिहीबार, २०७६ चैत्र २७ गते, १७:४२ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए । भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो । सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो । भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो । तिलोत्तमा नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट किट ल्याएर परीक्षण गरेको हो । परीक्षण कार्यमा ल्याव टेक्निसियन कृष्ण घिमिरे र मिलन श्रेष्ठ सहभागी थिए । उनीहरु डब्लुएचओको मापदण्डअनुसार सरकारले उपलब्ध गराएको पिपिइ लगाएर परीक्षण कार्यमा सहभागी भएका हुन् । आरडिटी कोरोना परीक्षणको नतिजा नेगेटिभ आएकाहरुलाई प्रक्रिया पूर्याएर क्वारेन्टाइनबाट बिदा गरिने सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । आरडिटी परीक्षणमा पोजिटिभ नतिजा आएहरुको स्वाब परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए । तिलोत्तमा नगरपालिकाले बिहीबार सामाजिक विकास मन्त्रालयबाट २० वटा किट प्राप्त गरेको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ७ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान TFN ट्रेण्डिङ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? के र कति खाँदा स्वस्थ हुन्छ दर ? मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? के र कति खाँदा स्वस्थ हुन्छ दर ?