गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ तिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण तिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण बीपी गौतम बिहीबार, २०७६ चैत्र २७ गते, १७:४२ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए । भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो । सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो । भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो । तिलोत्तमा नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट किट ल्याएर परीक्षण गरेको हो । परीक्षण कार्यमा ल्याव टेक्निसियन कृष्ण घिमिरे र मिलन श्रेष्ठ सहभागी थिए । उनीहरु डब्लुएचओको मापदण्डअनुसार सरकारले उपलब्ध गराएको पिपिइ लगाएर परीक्षण कार्यमा सहभागी भएका हुन् । आरडिटी कोरोना परीक्षणको नतिजा नेगेटिभ आएकाहरुलाई प्रक्रिया पूर्याएर क्वारेन्टाइनबाट बिदा गरिने सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । आरडिटी परीक्षणमा पोजिटिभ नतिजा आएहरुको स्वाब परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए । तिलोत्तमा नगरपालिकाले बिहीबार सामाजिक विकास मन्त्रालयबाट २० वटा किट प्राप्त गरेको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला My Journey Against Myeloma त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा