२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण

तिलोत्तमामा पहिलोपटक आरडिटीबाट कोरोना भाइरसको परीक्षण


बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए ।

भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो । सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो ।

भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो । तिलोत्तमा नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट किट ल्याएर परीक्षण गरेको हो । परीक्षण कार्यमा ल्याव टेक्निसियन कृष्ण घिमिरे र मिलन श्रेष्ठ सहभागी थिए । उनीहरु डब्लुएचओको मापदण्डअनुसार सरकारले उपलब्ध गराएको पिपिइ लगाएर परीक्षण कार्यमा सहभागी भएका हुन् ।

आरडिटी कोरोना परीक्षणको नतिजा नेगेटिभ आएकाहरुलाई प्रक्रिया पूर्याएर क्वारेन्टाइनबाट बिदा गरिने सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । आरडिटी परीक्षणमा पोजिटिभ नतिजा आएहरुको स्वाब परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए । तिलोत्तमा नगरपालिकाले बिहीबार सामाजिक विकास मन्त्रालयबाट २० वटा किट प्राप्त गरेको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ