२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालको सुरक्षामा खटाइयो २५ जनाको प्रहरी टोली

भेरी अस्पतालको सुरक्षामा खटाइयो २५ जनाको प्रहरी टोली


नेपालगन्ज-भेरी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षार्थ २५ जनाको प्रहरी टोली खटाइएको छ । शनिबारदेखि प्रहरी नायब निरिक्षकको कमाण्डमा २५ जनाको टोली खटाइएको हो ।

तेजेन्द्र बिसीको कमाण्डको टोलीमा २ जना प्रहरी सहायक निरिक्षकसहित २५ जनालाई भेरी अस्पताल नै बस्ने गरी खटाइएको हो ।

बिहीबार बिरामीको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले अस्पतालका चिकित्सक र नर्समाथि हातपात गरेका थिए । त्यसपछि भेरीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूहरुलाई बलियो सुरक्षा दिएमात्रै काममा फर्कन अडान राखेका थिए ।

त्यसपछि बाँके प्रहरीले भेरी अस्पतालमा ठूलो संख्यामा प्रहरी सुरक्षा प्रदान गरेको हो । यसअघि त्यहाँ प्रहरी सहायक निरिक्षकको कमाण्डमा ७ जना प्रहरीले सुरक्षा दिदैं आएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)