२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरीका डा. राजन पाण्डेले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

भेरीका डा. राजन पाण्डेले एक महिनाको तलब भूकम्प पीडितलाई दिने


नेपालगन्ज—भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले भूकम्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

डा. पाण्डेले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलब ६६ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने बताए ।

नेपाल सरकारले भूकम्प प्रभावितका लागि स्थापना गरेको कोषमा आफ्नो एक महिनाको तलब सहयोग स्वरूप जम्मा गर्ने उनले जानकारी दिए ।

भूकम्पमा परेर उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा ल्याएका बिरामीको उपारमा डा. पाण्डेसक्रिय छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ