२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको ल्याव परीक्षणमा कोरोना ‘पोजेटिभ’ देखिएका ८ जना नै उदयपुरका स्थानीय

विराटनगरको ल्याव परीक्षणमा कोरोना ‘पोजेटिभ’ देखिएका ८ जना नै उदयपुरका स्थानीय


विराटनगर  – उदयपुरको त्रियूगा नगरपालिका – ३ भुल्केस्थित थप आठ जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको स्थानीय पुरूष रहेका छन् । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको  हो ।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो । तीनैमध्ये कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो । उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार दुईवटा एम्बुलेन्समा राखेर साढे ११ बजे उनीहरुलाई धरान पठाइएको बताए । ‘धरान पढाएको सबै  पुरुष हुन्,’ एसपी मगरले भने,’ एम्बुलेन्समा पठाएको भुल्केका स्थानिय हुन् । स्वास्थ्य कार्यालयबाट धरान पठाउने व्यवस्था गरिदिनुप¥यो भनेपछि हामीले पठाएको हो ।’ यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ