२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि, २२ प्रहरीको स्वाब संकलन

विराटनगरका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि, २२ प्रहरीको स्वाब संकलन


विराटनगर– विराटनगरका १ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा पठाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए । संक्रमित प्रहरी एक सातादेखि विदा बसेर होम क्वारेन्टिनमा बसेको एसपी पोखरेलले बताए ।

प्रहरीमा संक्रमित देखिएपछि बुधबार २२ जना प्रहरीको स्वाब संकलन गरिएको छ । प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरङ र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरङको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रदेश नं १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश नं १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए ।

प्रदेश नं १ मा आज ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ