२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १निमाेनिया देखिएपछि विराट मेडिकल कलेजका डा. कार्कीलाई काठमाडौं लगियाे, टिचिङमा भर्ना

निमाेनिया देखिएपछि विराट मेडिकल कलेजका डा. कार्कीलाई काठमाडौं लगियाे, टिचिङमा भर्ना


विराटनगर-कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई काठमाडौं लगिएको छ । शुक्रबार साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी शनिबार हेलिकप्टर चार्टर गरेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना हुन पुगेका हुन् ।

छातीमा निमाेनिया देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको कोभिड-१९ नियन्त्रण समन्वय समितिका सयाेजक प्रा.डा. सन्तकुमार दासले जानकारी दिए । कार्कीकाे स्वास्थय अवस्था सामान्य रहेकाे बताइकाे छ ।

बिहीबार महानगरपालिकाको सम्पर्कमा आएका उनलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर, शनिबार हेलिकप्टर चार्टर गरेर उनी टिचिङको कोभिड–१९ उपचार केन्द्रमा भर्ना हुन पुगेका हुन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ