२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चारजना नर्ससहित प्रदेश १ मा थपिए २३ काेराेना संक्रमित

चारजना नर्ससहित प्रदेश १ मा थपिए २३ काेराेना संक्रमित


विराटनगर– विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल)मा कार्यरत चारजना नर्ससहित प्रदेश १ मा सोमबार २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगर महानगरपालिकाका ७ जना, मोरङको रतुवामाइ नगरपालिकाका १२ जना, झापाको बारदशी गाउँपालिकाका २ जना, धनकुटा महालक्ष्मी नगरपालिका र पाँचथरमा १/१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएको विराटनगरको ७ जना मध्ये चारजना विराट नर्सिङ्ग होममा कार्यरत नर्स हुन् । सोमबार २३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ४५ जना पुगेको छ ।

विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालको ल्याबमा गरिएको परीक्षण रिपोर्ट अनुसार रतुवामाई नगरपालिकामा ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण देखिएका केही दिन अघि भारतबाट आएका थिए । उनीहरू भारतबाट आएपछि रतुवामाइ नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका पुरूष हुन् ।

गत साउन ९ गते रतुवामाइ नगरपालिका १ सरस्वती मावि र सिजुवा माविमा बनाएको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका ३८ जनाको स्वाब संलकन गरेर प्रदेशको जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न पठाएको रतुवामाइ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष साहले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ