२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दुई पत्रकारसहित विराटनगरमा थपिए २३ संक्रमित

दुई पत्रकारसहित विराटनगरमा थपिए २३ संक्रमित


विराटनगर—दुई जना पत्रकारसहित विराटनगरमा २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार रातिको रिपोर्टअनुसार १३ जना महिला र १० जना पुरूषमा संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पतालको ल्याबमा पिसिआर प्रविधिबाट गराएको रिपोर्टअनुसार विराटनगरका वरिष्ठ पत्रकार मोहन भण्डारीलाई संक्रमण पुष्टि भएको छ । पत्रकार भण्डारीले मंगलबार विहान सामाजिक सञ्जालमार्फत संक्रमण देखिएको जानकारी गराएका छन् । यस्तै अर्का एक जना पत्रकारमा पनि संक्रमण पुष्टि भएको छ । विराटनगरमा संक्रमित पत्रकारको संख्या ६ पुगेको छ ।

सोमबार रातीको रिपोर्टअनुसार सबैभन्दा बढी विराटनगर १७ मा संक्रमण देखिएको छ । विराटनगर १७ मा ५ महिला र २ जना पुरूष गरी ७ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै विराटनगर ८ मा ३ जना, ६ मा ३ जना, ९ मा २ जना, ५ मा ४ जना, ३ र १५ मा १÷ १ जनामा संक्रमण देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बाँकी रहेका वडा नखुलेको संक्रमित देखिएका छन् । हालसम्म महानगरमा तीन सय १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा दुई सय छ पुरुष र एक सय सात महिला छन् । विराटनगरमा चार जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ