२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ आइसोलेसनमा खटिएकी नर्सलाई कोरोना संक्रमण

आइसोलेसनमा खटिएकी नर्सलाई कोरोना संक्रमण


विराटनगर– विराटनगर महानगरपालिकाले बनाएको आइसोलेसनमा राखिएका संक्रमितको रेखदेखमा खटिएकी एकजना कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पिसिआर रिपोर्ट अनुसार नर्सलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा संक्रमित राख्ने आइसोलेशन बनाएको छ । मारवाडी सेवा सदन, कालिका मन्दिर र विराटनगर १९ स्थित स्वास्थ्य चौकीको भवनमा आइसोलेनमा बनाएको छ ।

उक्त आइसोलनमा राखिएको संक्रमितहरूको स्वास्थ्य अवस्थामा बुझन खटिएको एक जना नर्समा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलले जानकारी दिए । कोशी अस्पतालको ल्याबले दिएको जानकारी अनुसार विराटनगरमा शनिबार ८ जना संक्रमित थपिएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ