२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोनाको हटस्पट बन्यो विराटनगर महानगरपालिका, कुन वडामा कति संक्रमित ?

कोरोनाको हटस्पट बन्यो विराटनगर महानगरपालिका, कुन वडामा कति संक्रमित ?


विराटनगर– प्रदेश १ को राजधानी विराटनगरमा कोरोना भाइरसको (उच्च जोखिम) हटस्पट बनेको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि विराटनगरमा संक्रमितको संख्या १ हजार नजिक पुगेको छ ।

अहिले दैनिक जसो विराटनगरमा संक्रमित बढदो क्रममा छ । सरकारले २ सयभन्दा बढी सक्रिय कोरोना भाइरस (कोभिड—१९) संक्रमित रहेका जिल्लाहरुलाई अति उच्च जोखिम क्षेत्रमा रुपमा राखेको छ । संक्रमित बढ्न थालेपछि विराटनगर महानगरपालिका भित्र भदौ १० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

सोमबारसम्म विराटनगर महानगरपालिका भित्र ८ सय ३१ जना संक्रमितको संख्या पुगेको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । महानगरपालिका भित्र सबैभन्दा बढी वडा नम्बर १२ मा सबैभन्दा बढी संक्रमित छन् । जहाँ १ सय ११ जना संक्रमित पुगेका छन् ।

यो वडामा देखिएको संक्रमित मध्ये सबैभन्दा बढी प्रहरी छन् । प्रदेश प्रहरी र सशस्त्र प्रहरी गण १ नम्बर प्रदेश कार्यालय रानी विराटनगर यही वडामा पर्ने भएकोले यस वडामा संक्रमित बढी देखिएको वडाअध्यक्ष हिरालाल कामतले बताए । अहिले देखिएको संक्रमित मध्ये अधिकाश प्रदेश प्रहरी कार्यालय भित्रका प्रहरीमा देखिएको उनले बताए ।

यस्तै विराटनगर १२ पछि दोस्रोमा ६ नम्बर वडामा संक्रमित देखिएको छ । जहाँ ७६ जना संक्रमित छन् । यस वडामा शनिबार एकजना कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । यस्तै, विराटनगर ९ नम्बर वडामा ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस वडामा दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर ८ मा ६४ जनामा संक्रमण पुष्टि भएको छ । सो वडामा दुई जना पुरुषको मृत्यु भएको छ ।

यसैगरि विराटनगर १ मा १३ जना, २ मा ४६ जना संक्रमित रहेका छन् । २ नम्बर वडामा एक जना कोरोना संक्रमित महिलाको धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । वडा नम्बर ३ मा ५२ जना संक्रमित छन् भने एकजनाको मृत्यु भएको छ । वडा नम्बर ४ मा २२ जना, ५ मा ५३ जना संक्रमित छन् ।

वडा नं ५ मा एकजनाको मृत्यु भैसकेको छ । यस्तै, वडा नम्बर ७ मा ४० जना, १० मा ३१ जना संक्रमित छन् । वडा नम्बर १० मा एकजना पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । वडा नम्बर ११ मा ५३ जना, १३ मा २१ जना, १४ मा १६ जना, १५ मा ४१ जना संक्रमित छन् । १५ नम्बर वडामा एकजना कोरोना संक्रमित युवाको मृत्यु भएकोे छ ।

त्यसैगरी वडा नम्बर १६ मा २७ जना, १७ मा २६ जना, १८ मा ४ जना संक्रमित छन् । हालसम्म वडा नम्बर १९ मा अहिलेसम्म संक्रमण देखिएको छैन ।  हालसम्म विराटनगर महानगरपालिका भित्र एक महिलासहित १० जना कारोना संक्रमितको मृत्यु भएको छ । २ सय ९ जना निको भएर घर फर्किसकेका छन् । महानगरपालिका भित्र ५ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

 

कुन वडामा कति संक्रमित

वडा नम्बर १–  १३
वडा नम्बर २–  ४६
वडा नम्बर ३–  ५२
वडा नम्बर ४–  २२
वडा नम्बर ५–  ५३
वडा नम्बर ६–  ७६
वडा नम्बर ७ – ४०
वडा नम्बर ८–  ६४
वडा नम्बर ९–  ७४
वडा नम्बर १०–  ३१
वडा नम्बर ११–  ५३
वडा नम्बर १२–  १११
वडा नम्बर १३–  २१
वडा नम्बर १४–  १६
वडा नम्बर १५–  ४१
वडा नम्बर १६–  २७
वडा नम्बर १७–  २६
वडा नम्बर १८–  ४
वडा नम्बर १९–  ०
जम्मा–     ८३१


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ