२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा १ सय ९ कोरोना संक्रमित थपिए

प्रदेश १ मा १ सय ९ कोरोना संक्रमित थपिए


विराटनगर– प्रदेश १ मा मंगलबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय ९ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका मध्ये २९ महिला र ८० पुरुष छन् । जसमध्ये, मोरङ र सुनसरीमा ४८÷४८ जना, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको छन् । मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवामा १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमल गाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १÷१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ४९ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ३२ पुगेको छ । प्रदेश १ मा पछिल्लो २४ घन्टामा २ हजार ३९ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म ८० हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ