२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीको क्षमता विस्तार गर्न मुख्यमन्त्री राईको निर्देशन

विपीको क्षमता विस्तार गर्न मुख्यमन्त्री राईको निर्देशन


विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्न निर्देशन दिएका छन् । प्रतिष्ठानको उपचारबारे जनस्तरबाट गुनासो आएपछि मुख्यमन्त्री राईले विपीका पदाधिकारीलाई गुनासो नआउने गरि उपचारको प्रवन्ध मिलाउन निर्देशन दिएका हुन् ।

उनले ५ सय क्षमताको आइसोलेशन बेड तयार गर्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन भनेका छन् । साथै, कोरोना संक्रमित र अन्य बिरामीलाई छुट्टा छुट्टै उपचारको प्रवन्ध गर्न समेत निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले विपीका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिएका हुन् । उनले बिरामीहरुको राम्रो उपचार गराउन र आएका बिरामीहरुलाई नफर्काउन समेत निर्देशन दिए ।

साथै तत्काल पिसीआर परीक्षणको दायरा बढाउनका लागि आवश्यक समन्वय  गरी संयन्त्र निर्माण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनसँगै विपीका पदाधिकारीहरुले आवश्यक कदम चाल्ने जानकारी गराएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ