२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ९० संक्रमित थपिए, ८१ जना डिस्चार्ज

प्रदेश १ मा ९० संक्रमित थपिए, ८१ जना डिस्चार्ज


विराटनगर– प्रदेश १ मा बिहीबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशको राजधानी विराटनगरमा ३८ संक्रमित थपिएका छन् । जसमध्ये २० महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।

साथै, प्रदेश १ बाट बिहीबार ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोभिड–१९ आईसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कालि सदन आईसोलेसन, विराटनगरबाट १ र होम आईसोलेसनबाट २९ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७७३ पिसीआर परीक्षण गरिएको छ । पिसीआर परीक्षण गरिएका मध्ये ३४ महिला र ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ